महेन्द्रनगर । कैलालीको धनगढी उपमहनगरपालिकाले मंसिर १ गते शनिवारदेखि सुरु गरेको ‘शनिवारे महिला उद्यम मेला’ मा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की र्मिला सिंहले सेलरोटीको स्टल राखेकी थिइन् । घरमै समय बिताउने निर्मला ‘शनिवारे महिला उद्यम मेला’ का कारण आफ्नो आम्दानीको बाटो खुलेकोमा उत्साहित थिइन् ।त्यस्तै, मोहनपुरकी उमा तामाङले शनिवारे मेलामा अचारको स्टल राखेकी थिइन् ।
अघिल्लो शनिवार स्टल बुकिङ भएका कारण अचारको स्टल राख्न नपाएको बताउने तामाङले यो पटक चार किसिमको अचार बिक्रीको लागि राखेकी छन् । मेलाका कारण अचार बनाउने उत्साह बढेको र आफूजस्तै सिप भएका महिलाले आम्दानी गर्न सहज भएकाने तामाङको भनाई छ ।‘मेला एकदम राम्रो छ । मंसिर १ गते शनिवार स्टल बुकिङ भइसकेकाले पाएन । यो पटक चार किसिमको अचार राखेकी छु,’ तामाङले भनिन्, ‘मेला लाग्दा घरमै बस्नुपर्ने र बनाएको अचार बिक्री गर्न समस्या थियो ।
‘शनिवारे महिला उद्यम मेला’ सञ्चालन भएपछि सहज हुने भएको छ ।’मंसिर ८ गतेको शनिवारे मेलामा धनगढीका महिला उद्यमीले ६० वटा स्टलमा आफूले बनाएका बस्तु र खाना तथा खाजाको परिकार राखेका थिए । मेलामा रानाथारु, चौधरी तथा पहाडी खानाका परिकारहरू राखिएका थिए ।
मेला लगाउन सुरू भएकाले घर बसेका बेरोजगार महिलालाई आम्दानीको अवसर जुटेको धनगढी वडा नम्बर ८ की रन्जिता रानाले बताइन् । उनले उपमहानगरले मेला लगाउन थालेकाले महिलाका लागि आम्दानी गर्ने बाटो खुलेको बताइन् ।मंसिर महिनाको पहिलो शनिवारबाट धनगढीको पार्कमोडमा घरमै बसेका महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘शनिवारे महिला उद्यम मेला’ को आयोजना गरेको हो ।
‘शनिवारे महिला उद्यम मेला’ हरेक शनिवार दिउसो २ बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुन्छ । मेलामा सुदूरपश्चिमका राना मेलामा नेवारी खाजा देखि थारुका परिकार ढिकरी, गंगटाको मासु, लोकल कुखुराका परिकार, घोंगी, पहाडी समुदायका सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटका, निस्सोसे, मासका पुरी लगायतका थुप्रै परिकारहरु राखिएका छन ।
Comments are closed.