महेन्द्रनगर । अहिले लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । विभिन्न गैर सरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु पनि संचालन गरिरहेका छन् । शुक्रवार साथी संस्थाले सशक्त महिला समृद्द नेपाल कार्यक्रम अन्तरगत आयोजना गरिएको विद्यार्थीहरुलाई साईवर, अनलाईनबाट हुने हिँसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका १८ को हलमा संस्थाले विद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरको हो ।

जिल्लाका कार्यक्रम संयोजक उर्मिला शाहीले कार्यक्रममा भृकटी माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, बैजनाथ सेकेन्डरी स्कुल, र साधारण स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको बताउनु भयो । साथी संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक पार्वती भण्डारीले विद्यालयमा अध्ययनररत किशोरकिशोरी हरुलाई अनलाईनबाट कस्ता प्रकार हिँशाहरु हुन्छन ? कसरी बच्ने कसरी ? कसरसिुरक्षित हुने ? कहाँ गएपछि न्याय पाईन्छ ? के गर्न सकिन्छ ? भन्ने विभिन्न विषयमा रहेर उहाँहरुलाई जानकारी मुलक विषयवस्तु समेटेर साईबर सुरक्षाका विषयहरु प्रस्तुती गरिएको बताउनु भयो ।

पछिल्लो समयमा सबैको हातहातमा मोवाईल रहेको छ, सबैले सामाजिक संजालहरु पनि चलाउने भएकाले कतिबेला हिँसामा पर्ने हो ? वा आफु असुरक्षित भईने हो भन्ने पनि थाहा नभएर धेरै घटनाहरु भएको बताउनु भयो । त्यही भएर युवायुवती विद्यार्थी भाई बहिनीहरुलाई उक्त हिँसाबाट जोगिन, अपराधमा नफसुन भनेर वा सुरक्षित कसरी भईन्छ ? भन्ने विचारहरु सिकाउन नै यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

हिँसाबाट आफु पनि बच्ने र अरुलाई पनि सचेत गराउन सकिन्छ वा बचाउन सकिन्छ भनेर सिकाई होस भनेर र उहाँले सिकेका कुराहरु आफनो घरमा गएर अरुलाई पनि सिकाउनु भयो भने सबै सचेत हुने उहाँले बताउनु भयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्मरदत्त भट्टले साईवर अनलाइृनमा हुने हिँसा , बच्ने उपाय, लगायतको विषयमा प्रस्तुती दिनु भएको थियो ।
महेन्द्रनगर माध्यमिक विद्यालयका कक्षा ९ की छात्रा कृष्टिना नाथले आफुलाई यो कार्यक्रमले धेरे जानकारी दिएको बताउनु भयो । पहिलो पटक यस्तो कार्यक्रममा सहभागी जनाएको बताउँदै आफुले कसरी सुरक्षित तवरले मोवाईल चलाउने ? साईवर अपराधबाट कसरी बच्ने ? कसरी सुरक्षित हुने ? विषयवस्तुको जानकारी भएको बताउनु भयो ।
आफनो दैनिकी जिवनमा पनि लागु गर्न मिल्ने खालको विषयवस्तुहरु छलफल भएको बताउँदै अति नै उपयोगी कार्यक्रम रहेको, र आयोजक संस्थालाई पनि धन्यवाद व्यक्त गर्नु भयो । उक्त कार्यक्रमको सभाध्यक्षता भीमदत्त नगरपालिका १८ का वार्ड सदस्य हेमबहादुर बस्नेतले गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजी करण जिल्लाका कार्यक्रम संयोजक उर्मिला शाहलिे गर्नु भएको थियो ।
Comments are closed.