भीमदत्त १८ मा रहेको ईको पार्कमा विश्व वातावरण दिवशको अवसरमा वृक्षारोपण सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा विहिवार विश्व वातावरण दिवश धुमधामका साथमा मनाइएको छ ।भीमदत्त नगरपालिका १८ मा रहेको ईको पार्कमा भीमदत्त नगरपालिकाको वन वातावरण फोहरमैला तथा विपद व्यवस्थापन शाखाको आयोजनामा जिल्ला समन्वय समिति,

विभिन्न गैर सरकारी संघसंस्थाहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालय कञ्चनपुर,, ईको क्लब, बाल क्लब,विधार्थीहरुलगायतको उपश्थितीमा बृहत वृक्षारोपण गरिएको हो ।

“प्लाष्टिजन्य प्रदुषण न्यूनिकरण ः हाम्रो दायित्व” भन्ने मुलनाराको साथमा संविधान चोकदेखी य्रालीको आयोजना गर्दै बजार परिक्रमा गरी ईको पार्कमा गएर वृक्षारोपण गरिएको थियो । उक्त पार्कमा निम, विभिन्न फलफुलहरु, अशोक, लिची, पिपल, आँपलगायतका विरुवाहरु रोपण गरिएको छ ।

सुदूरपश्चि प्रदेशका पूर्व मुख्यमन्त्री प्रदेश सभा सदस्य राजेन्द्रसिंह रावलले हामीले आफनो घरदेखी वातावरणलाई जोगाउनका लागि सुरुवात गर्नुपर्ने बताउनु भयो । अहिले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर नै प्रमुख चुनौतीको विषय रहको र यसलाई जोगाउनका लागि सबैले आफनो क्षेत्रबाट प्रयाश गर्नुपर्ने बताउनु भयो ।

वृक्षारोपण गरेर मात्रै नहुने यसको संरक्षण स्याहार सुसार नियमित गोडमेल, पानीको व्यवस्थापन गर्न सके मात्रै वृक्षारोपणले सार्थक्ता पाउने बताउनु भयो । जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले यो पृथ्वी एउटै मात्रै हो यस्मा बस्ने सबै प्राणी मध्ये मानव सर्वश्रेष्ठ भएकाले यसको अस्तित्व जोगाउनका लागि हामी मानवको भुमिका अति नै महत्वपूर्ण रहने बताउनु भयो ।

पहिलो प्राथमिक्ता आफनो घरलाई दिने घरबाट सरसफाई गर्ने, आफनो गाँउटोलमा पनि सिकाउने, प्लाष्टिको प्रयोग कम गर्ने, प्लाष्टिकलाई पुनः प्रयोगमा ल्याउने कपडाको झोला प्रयोग गर्ने बानीको विकास गर्न सकेमा पनि हामी हाम्रो वातावरणलाई सफा सुद्ध राख्न सक्ने बताउनु भयो ।

भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले पालिकाले विगतमा दिनमा पनि धेरै क्षेत्रमा वृक्षारोपण गरेको र यो वर्षम पनि आज विभिन्न संघ संस्थाहरुको साथ र सहयोगमा वृक्षारोपण गरिएको बताउनु भयो ।

सबैले प्लाष्टिकको प्रयोगलाई कम मात्रामा प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने फोहरलाई जथाभावी नफाल्ने प्लाष्टिकलाई नजलाउने कार्य गर्नुपर्ने बताउनु भयो ।

यसैगरी, भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले वनलाई जोगाउने, वृक्षारोपण गर्ने आफनो आनीबानीमा पनि परिवर्तन गरी सरसफाईमा ध्यान दिने बताउनु भयो ।

स्वस्थ्य वातावरणमा बाँच्नका लागि अक्सिजन सफा हुनुपर्ने त्यसको लागि विरुवा रोप्नु पर्ने त्यसको संरक्षण गर्नुपर्ने बताउनु भयो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुन बमोजिम क्षतिपूर्ति पाउने व्यवस्था रहेको छ ।

सम्बन्धित

Comments are closed.