महेन्द्रनगर । कञ्चनपुरमा आँखा शिविर सम्पन्न गरीएको छ । महेन्द्रनगरको बसपार्क नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४६ औँ स्थापना दिवशको अवसरमा आँखा शिविर सम्पन्न भएको हो ।

साथै वसपार्कमा सरसफाई, स्वास्थ्त्य जाँच,रक्तदान कार्यक्रमको पनि आयोजना गरीएको थियो । गेटा आँखा अस्पताल गेटा अस्पताल महेन्द्रनगर, सितल अस्पताल, नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरको सहकार्यमा सम्पन्न भएको थियो ।

आँखा अस्पताल महेन्द्रनगरका आँखा अधिकृत विरसिंह धामीले १३५ जनाको आँखा जाँच गरीएको जानकारी दिनुभयो ।
साथै ५९ जना लाई निःशुल्क चस्मा वितरण औषधी उपचार तथा ३ जना लाई मोतीविदु को शल्यक्रिया को लागि आँखा अस्पताल महेन्द्रनगर रिफर गरिएको बताउनु भयो ।
Comments are closed.