मंगलबार विहान कञ्चनपुरमा वर्षा, दिउसो र राती पनि बर्षा हुने सम्भावना

आज असार २४ गते मंगलबार विहान कञ्चनपुरमा वर्षा भइरहेको छ ।
आज मंगलबार दिउसो र राती कञ्चनपुर सहित सुदुरपश्चिमको अन्य जिल्लामा पनि बर्षा हुने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।
खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ ।
मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी
फेसबुक एम एफ डी डट नेपाल डट पँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ ।
साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५, वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।

सम्बन्धित

Comments are closed.