रास्वपा नेताले भने, ‘पाटी सभापति सरकारले गरेको राजनैतिक प्रतिशोध हो’

महेन्द्रनगर। राष्ट्रिय स्वतन्त्र पाटीका नेतात्रय दिपक बोहरा, रमेश प्रसाई र प्रमोद न्यापानेले पाटी सभापति रवि लामिछानेमाथि सरकारले राजनैतिक प्रतिशोध साँधेको बताएका छन ।

बिहीबार महेन्द्रनगरमा रास्वपा कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रास्वपा नेतात्रय बोहरा, प्रसाई र न्यापानेले पाटी सभापति रवि लामिछानेमाथि सरकारले राजनैतिक प्रतिशोध साँधेको बताएका हुन ।

रास्वपा सचिवालय सदस्य एव हस्ताक्षर अभियान संयोजक दिपक बोहराले सहकारीमा प्रत्यक्ष नजोडिएका व्यक्ति पाटी सभापति रवि लामिछानेमाथि सरकारले राजनैतिक प्रतिशोध साँधेर मुद्दा चलाएको बताए ।

उतिबेला गोर्खा मिडियामा कार्यरत हुँदा सहकारीबाट गोर्खा मिडियाका अध्यक्ष जिवी राईले ल्याएको रकम मिडियाकै काममा खर्च गरेको विषयलाई सरकारले प्रतिशोध साधेर झुटा मुद्दा चलाएको बताए ।

‘एमाले नेता सुर्य थापा नेतृत्वको छानबिन समितिकै प्रतिवेदनमा समेत रास्वपा सभापति लामिछानेले प्रत्यक्ष ऋण नलिएको स्पष्टै हुँदा पनि सरकारले पुन पुरक मुद्दा लगायो, ‘उनले भने, ‘उतिबेला काँग्रेसले पाटी सभापतिलाई प्रधानमन्त्रीको अफर गर्ने नमानेपछि मुद्दा चलायो ।

’रास्वपा युवा नेता प्रमोद न्यौपानेले सरकारले राजनीतिक बदनियत देखाएर कानुनको आडमा पाटी सभापति लामिछाने बिरुद्ध मुद्दा चलाएको बताए । ‘राज्यले विभेद मात्रै होईन, अन्याय गरेको छ, ‘उनले भने, ‘अड्डासारमा पनि राजनीतिक ग¥यो, भैरबाहमा हुँदा उप चुनाव पाटीको पक्षमा आउने भएपछि मात्रै काठमाण्डौँ अड्डा सार गरियो ।’

सम्वैधानिक परिषदमा बहुमत पु¥याउनका लागि उप सभामुख ईन्दीरा रानामगरलाई हटाउन खोजेपनि सत्ताधारी दलबाटै सहयोग नपाएपछि सो कार्य असफल भएको बताए ।

रास्वपा सहप्रवक्ता रमेश प्रसाईले अहिलेको सरकार शक्तिको आडमा कानुन उलङघन गरिरहहेको बताए । प्रसाईले भिजिट भिषा प्रकरणदेखि सुशासन दिन नसकेको बताए ।

सम्बन्धित

Comments are closed.