एन प्याब्सन भीमदत्त नगर अध्यक्ष भट्ट ःविद्यार्थीहरुको भविष्य निर्माणमा त्रिकोणात्मक सम्बन्ध हुनुपर्छ
महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) कञ्चनपुर भीमदत्त नगर अध्यक्ष, एवम महाकाली मोडन पब्लिक स्कुलका संस्थापक अध्यक्ष दिजराज भट्टले विद्यालयको एकल प्रयाशले मात्रै विद्यार्थीहरुको उज्जवल भविष्य सम्भव नहुने बताउनु भएको छ । भीमदत्त नगरपालिका ५ सुखासालमा मा रहेको एम्ब्रोजिया एकेडेमी ईङगलिस मिडियम स्कुलको सभाहलको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका भट्टले अभिभावक, शिक्षकशिक्षिका, र विधार्थीहरुको त्रिकोणात्मक सम्बन्ध र मिहिनेत आवस्यक पर्ने बताउनु भयो ।

विद्या धनम् सर्वधनम् प्रधानम्’ अर्थात् जीवनको सबैभन्दा श्रेष्ठ सम्पत्ति मानिने शिक्षाले बौद्धिक, सामाजिक, आर्थिक, नैतिक लगायतको सर्वाङ्गीण विकास गर्दै अन्धकार हटाएर उज्यालोतर्फको यात्रामा व्यक्तिलाई अघि बढाउँने बताउनु भयो । बालबालिकाको पहिलो पाठशाला घर हो भने आमाबाबु पहिलो शिक्षक हुन्, परिवारका सदस्यहरूबाट सिकेर नै बालबालिकाको शारीरिक, मानसिक एवम् सामाजिक पक्षको विकास हुन्छ । विधालयमा अध्ययन गरेका विषयवस्तुहरुलाई घरमा गएर अध्ययन गर्ने अभिभावकहरुले पनि उनिहरुको अध्ययनमा साथ दिने र राम्रो वानीको विकास गर्नुपर्ने बताउनु भयो ।

जुन अभिभावकले विद्यार्थीलाई समय दिएको छ, विद्यालयबाट घर फर्के पछि अभिभावकको उपस्थिती हुन्छ, अभिभावकले दिनभरीको कुरा सोध्छ भने सामान्यतया ति विद्यार्थीको आनीवानीमा पनि समस्या नहुने उहाँले बताउनु भयो ।
जीवनलाई सहज बनाउन विद्यालय शिक्षाको आवश्यकता पर्ने हुँदा बालबालिकालाई विद्यालयमा भर्ना गरेर शिक्षित बनाइने र बालबालिकालाई विद्यालयमा भर्ना गर्दैमा अभिभावकको दायित्व पूरा नहुने बताउनु भयो । विद्यार्थीहरू शिक्षकसँग बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म केबल ६ घण्टामात्र रहन्छन् भने बाँकी १८ घण्टा त अभिभावकसँग नै हुने हुँदा विद्यार्थीको पठनपाठन सुधारमा अभिभावकको महत्त्वपूर्ण भूमिका हने बताउनु भयो ।
शिक्षा नै हरेक मानवको उन्नती प्रगती गराउने माध्यम रहेको बताउनु भयो । यसैगरी विद्यालयका प्रिन्सिपल देवसिंह ऐरीले विद्यालयमा सभा हलको आवस्यक परेको हुँदा र विद्यार्थीहरुको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रको आयोजना गर्न पनि सजिलो बनाउनका लागि सभाहलको निर्माण गरेको बताउनु भयो ।
उक्त सभाहलको निर्माण पश्चात अहिले कार्यक्रमहरु ग्र्न पनि सजिलो भएको उहाँले बताउनु भयो । उक्त कार्यक्रमको सभाध्यक्षमा विद्यालयका संस्थापक राजबहादुर चन्द, प्रमुख अतिथीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) कञ्चनपुर भीमदत्त नगर अध्यक्ष, एवम महाकाली मोडन पब्लिक स्कुलका संस्थापक अध्यक्ष दिजराज भट्ट, विशिष्ट अतिथीमा त्रिभुवन विश्व विद्यालयका पूर्व प्रोफेसर तथा विद्यालयका संस्थापक डा. चुडामणी जोशी, विद्यालयका संस्थापक जयराज जोशी लगायत रहनु भएको थियो ।
Comments are closed.