महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाले जीवन बिमा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । आईतवार एक कार्यक्रमको आयोजना गर्दै जीवन बिमा अभिकर्ता सम्मान तथा उत्प्रेरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाका म्यानेजर राजेन्द्र प्रशाद भट्ट र प्रमुख अतिथिमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका तालिम विभाग प्रमुख युवराज शर्मा रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि शर्माले सहभागी अभिकर्ताहरु लाई कम्पनीको विभिन्न विषयमा जानकारी गराउदै तालीम दिएका थिए ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड महेन्द्रनगर शाखाका म्यानेजर राजेन्द्र प्रशाद भट्टले विगत आठ वर्षदेखी यो क्षेत्रमा कार्यरत रहेको बताउँदै गत आर्थिक वर्षमा विभिन्न एडभाईजर टिमले के कती योगदान गर्नु भएको छ ? त्यसको आधारमा र उहाँहरुले गरेको विजनेश, उहाँहरुको प्रस्तुतीको आधारमा विभिन्न विधामा सम्मान गरेको बताए ।

साथै महिला दिदिबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि रहेको जानकारी दिए । टिम विजनेश,व्यक्तिगत कती काम गरेको छ,पोलिसी निर्माण के कती भएको लगायतमा ७० जनालाई सममान गरीएको जानकारी गराए ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका तालिम विभाग प्रमुख युवराज शर्माले २०७४ साल भाद्र १५ गतेबाट संचालनमा आएको यो रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड संचालनमा आएको बताए । अहिले देशैभरमा १ सय १० बढी शाखाहरु संचालनमा रहेको र राम्रो व्यवसाय संचालन गर्ने शाखालाई सम्मान गर्ने परिपाटी अनुरुप आज पनि सोही कार्यक्रम तिज विषेश रहेर आयोजना गरेको बताए ।
नयाँ जिवन विमा योजना सहित ल्याएर काम गर्ने जानकारी गराए ।आर्थिक वर्ष २०८१÷८२ का उत्कृष्ट एजेन्सी म्यानेजरहरुमा भवान सिंह विष्ट, दिपा जोशी, पशुपती कुमारी चन्द, कोमल जोशी, सन्तोष महता, कुवेरप्रशाद भट्ट, लक्ष्मण सिंह ठगुन्ना, सुर्य बहादुर चन्द, परम्परा भट्ट, गगनबहादुर खत्री, दिनेश पन्त, अर्जुन सिंह कुवर, जयराज भट्ट, विरबहादुर चन्द,आरती जोशी, अनिता कुमार सिंह, लक्ष्मी खडका, सिता जोशी, सिता नाथ, रामप्रशाद पाण्डेय, देवकी देवी अवस्थी, खगराज चटौत, बविता दहाल रहेका छन् ।
यसैगरी, आर्थिक वर्ष २०८१÷८२ का उत्कृष्ट अभिकर्ताहरुमा नरेन्द्रबहादुर महता प्रथम, यज्ञराज पाण्डेय द्धितिय, हेमराज जोशी तृतिय, मोहनराज चटौत चौथो,बलदेव भट्ट पाँचौ रहेका छन ।
व्यक्तिगत कोड अन्तरगत मोहनराज चटौत प्रथम, सन्तोष महता द्धितिय, बलदेव भट्ट तृतिय, कुवेरप्रशाद भट्ट चौथो र पशुपती कुमारी चन्द पाँचौ रहेका छन् । अहिले कञ्चनपुर शाखामा ४ हजार विमाकर्ताहरु रहेका छन् । यसैगरी कार्यक्रमका विशिष्ट अतिथिमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम् प्रदेश प्रमुख चन्द्र प्रकाश बिष्ट, नरेन्द्र बहादुर महता रहेका थिए ।
अतिथिमा मोहन राज चटौत, यज्ञ राज पाण्डेय, आशिष भट्ट लगायत रहेका थिए । कार्यक्रममा सहभागी भएका बिमा अभिकर्ताहरुले गत आर्थिक वर्षमा शाखा बाट उत्कृष्ट व्यवसाय गर्न सफल भएका अभिकर्ताहरु लाई उत्प्रेरित गर्ने उदेश्यले सम्मान गरेको थियो । उक्त कार्यक्रमको संचालन सिनियर एजेन्सी म्यानेजर बलदेव भट्टले गरेका थिए ।
Comments are closed.