नेपाल इट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको नेतृत्वमा बलदेव सिंह बुडाल 

महेन्द्रनगर । नेपाल इट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा बलदेव सिंह बुडाल चयन हुनु भएको छ । यसैगरी , वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद सुवेदी महासचिवमा सुरज श्रेष्ठ र कोषाध्यक्षमा नविन शर्मा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा खडक विक्रम थापा, दिलिपबहादुर चन्द र विष्णुदत्त पाण्डे सहित सात सदस्य समिति चयन भएको निर्वाचन मण्डल संयोजक मानबहादुर तामाङले जानकारी दिनुभयो ।

नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन तथा साधारण सभा सोमवार सम्पन्न भएको हो ।

कञ्चनपुरको पुनर्वासमा भएको अधिवेशन मार्फत बलदेव सिंह बुडालको नेतृत्वमा पुन नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

सम्बन्धित

Comments are closed.