महाकाली किनारमा दाउरा संकलन गर्न नजान भीमदत्त नगरपालिकाको आग्रह

महेन्द्रनगर । कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिकाले महाकाली किनारमा दाउरा संकलन नगर्न एक सुचना मार्फत आग्रह गरेको छ । विगत ४ दिनदेखी अविरल वर्षात भईरहेको र महाकाली नदीमा पानीको वहाव बढेको भएर उक्त नदी तटिय क्षेत्रमा नजान आग्रह गरेको हो ।

विषेश गरेर भीमदत्त नगरपालिका वडा नं. ९,१०,११,१२, र १३ को नदि तटिय क्षेत्रका बासिन्दाहरुलाई दाउरा संकलनको लागि नदिमा नजान पालिका ले आग्रह गरेको छ ।

यो बेलामा दाउराहरु नदीमा बगेर आउने भएकाले त्यसको लोभमा ज्यान जोखिममा राखेर स्थानीयहरु दाउरा बटुल्न जाने र दुर्घटना हुन सक्ने भन्दै पालिकाले एक सुचना नै जारी गरेर महाकाली नदी तटिय क्षेत्रमा नजान आग्रह गरेको हो ।

भीमदत्त नगरपालिकाका विपद सम्पर्क व्यक्ती मनोज प्रशाद भट्ट र वातावरण अधिकृत सविन रावलको हस्ताक्षरित सुचनामा धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र रातीको समयमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

भीमदत्त क्षेत्र र माथिल्लो भेगमा परेको धेरै भारी वर्षाका कारण विभिन्न स्थानहरूमा डुवान भई स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको अवस्था रहेको र महाकाली नदी, भुजेला खोला लगाएत अन्य खोला नालाहरुमा जल सतह बढेर डुवानको जोखिम थपिएको सुचनामा उल्लेख गरेको छ ।

हिजोको वर्षाको समेत प्रभाव कायम रहेको र आज समेत यस क्षेत्रमा भारी वर्षाको संभावना रहेको साथै माथिल्लो भू भाग (नेपाल र भारत समेत) मा भारी वर्षा भएकाले बाढी, डुवानको जोखिम रहेको र सडक यातायात, कृषी योग्य जमिन लगायत क्षेत्रमा समेत केही प्रभाव पर्न सक्ने देखिन्छ ।

साथै जल तथा मौमस विज्ञान विभागले हिजो नै भोलि विहान सम्मको लागि प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ।

यस परिस्थितिलाई ध्यानमा राखी, नगरवासीलाई सतर्क रहनुहुन, आवश्यक परे सुरक्षित स्थानमा बस्न तथा सम्भावित जोखिम न्यूनीकरणका लागि सावधानी अपनाउन अनुरोध गरिन्छ। साथै संवेदनशील समुदाय गर्भवती, सुत्केरी, बालवालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, आदिको विसेष ख्याल राख्न अनुरोध गरीएको छ । बर्षेनी उक्त महाकाली नदीमा दाउरा संकलन गर्न जानेहरु मधये कतिपयले अकालमा ज्यान गुमाएका छन ।

सम्बन्धित

Comments are closed.