कैलालीमा जापानीज इन्सेफ्लाइटिसका आठ बिरामी फेला, एकको मृत्यु

महेन्द्रनगर । कैलालीमा जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणका नयाँ बिरामीहरू फेला परेका छन्। स्वास्थ्य कार्यालय कैलालीका अनुसार हालसम्म आठ जना सङ्क्रमित फेला परेका छन्।

जापानीज इन्सेफ्लाइटिस मच्छरबाट सर्ने भाइरल रोग हो, जसले मस्तिष्कमा असर गर्छ। यो रोग नेपालका तराई भेगहरूमा प्रायः गर्मीयाम र वर्षायाममा फैलिने गर्छ।

स्वास्थ्य कार्यालय, कैलालीका सूचना अधिकारी मीन बहादुर धामीका अनुसार कैलालीमा जापानीज इन्सेफ्लाइटिसबाट एक जनाको ज्यान समेत गएको छ।

जिल्लाको जानकी गाउँपालिका‑२ का ७६ वर्षीय एक पुरुषको निधन भएको उनले बताएका छन्।

सम्बन्धित

Comments are closed.