महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स नेपाल) जलवायु कृषीका लागि आधुनिक प्रविधी र उपकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न गरेको छ । शुक्रवारदेखी सुरु भएको तालिम आईतवार सम्पन्न भएको हो । अक्सफाम र कोइकाको आर्थिक सहयोग र निड्स नेपालको आयोजनामा भीमदत्त नगरपालिकाको १९ वटा वडाका २० समुहबाट ५० जनाको सहभागिता रहेको छ ।
समापन कार्यक्रमको प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलमल लेखकले कार्यक्रमलाइृ सम्बोधन गर्दै यो तिन दिने तालिममा सिकेको सिप, ज्ञान, दक्षतालाइृ आफनो व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । साथै तिनदिने तालिमको समापनमा सबैले बनाएको आफनो कार्य योजनालाई पनि व्यवहारमा लागु गरी आम्दानीको स्रोत बढाउनु पर्ने बताउनु भयो ।

यसकालागि पालिकाले गर्ने सहयोग के कस्तो गर्नुपर्छ कसरी अगाढी जान सकिन्छ भन्ने विषयमा सदैव तयार रहेको बताउनु भयो । महिलाहरुले एक रुपैँयाको लागि अरुसंग हात फैलाउनु पर्ने बाध्यताको अन्त्य यो तालिमले गर्ने र सबैले आत्म निर्भर भएर अगाढी बढने आर्थिक रुपमा सशक्त हुने माध्यम पनि यो तालिमले सिकाएको बताउनु भयो ।
संस्थाले पनि महिला दिदिबहिनीहरुको क्षमता विकास संगै व्यापार व्यवसायकसरी गर्ने, कृषीमा कसरी आत्म निर्भरबन्ने विषयमा जानकारी ज्ञान पनि प्रदान गरेको भएर यहाँ सिकेको सबै कुरा आफनो व्यवहारमा लागु गरी आम्दानी बढाएर सक्षम महिला बन्नु पर्ने आग्रह गर्नु भयो ।
साथै तरकारी उत्पादन गरेर त्यसको बजारीकरण गर्ने , हाट बजार लगाउने योजनामा पालिकाले सहयोग गर्ने र महिलाहरुले उत्पादन गरेको तरकारीलगायत अन्य चिजवस्तुको बजारीकरणमा पालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
संस्थाका कार्यकारी निर्देशक भवराज रेग्मीले महिला दिदिबहिनीहरुले जलवायुमैत्री, वातावराण्मैत्री कामहरु गर्ने र आफनजो वातावरणलाई कसरी जोगाउन सकिन्छ कसरी हरित अर्थतन्त्रलाई कसरी बढाउने भन्ने विषयमा पनि काम गरीरहेको बतउनु भयो ।
विषादीयुक्त तरकारीहरु बजारमा छयाप्छयाप्ती आईरहेको सन्दर्भमा तपाईहरुले नै अगाीनक उत्पादन गरेर बजारमा ल्याएमा संस्थाले र पालिकाले पनि बजारीकरणमा सहयोग गर्ने बताउनु भयो । बजारमा स्वस्थ तरकारी बेच्ने अभियान नै संचालन गर्ने योजनामा पालिकाले पनि साथ दिन आवस्यक रहेको र महिलाहरुले पनि अर्गानिक उत्पादनलाई जोड दिनु पर्ने बताउनु भयो ।
साथै निकट भविष्यमा महिला हाट बजार संचालन गर्ने। ज्स्मा अर्गानिक फलफुल, तरकारीहरु मात्रै विक्री गरीउपभोक्ताहरुलाई पनि स्वस्थ्य उत्पादन दिने योजनामा काम भईरहेको बताउनु भयो । तालिमका सहभागी भीमदत्त नगरपालिका १६ मा रहेको रामजानकी महिला शसक्तिकरण केन्द्रकी सचिव प्रमिला सावदले आफुले यो तिनदिनमा धेरै विषयमा जानकारी र ज्ञान पाएको बताउनु भयो ।
पहिले पनि तरकारी उत्पादन गरीहरेको भएपनि अर्गानीक विषाली रहित उत्पादन कसर िगर्न सकिन्छ भन्ने विषयमा जानकारी पाएको बताउनु भयो । साथै अब आफुले तरकारीखेतीको योजना पनि बनाएको र अब व्यवसायीक रुपमा अर्गानिक तरकारी बजारमा ल्याउने बताउनु भयो ।
Comments are closed.