पत्रकार विष्टको महान कार्य, पाएको पुरस्कारको रकम उपचारार्थ पत्रकार भट्टलाई सहयोग

महेन्द्रनगर । पत्रकार मोहन विष्टले आफुले पाएको सहकारी पत्रकारिता पुरस्कारको रकम उपचारार्थ पत्रकार डम्बरराज भट्टलाई सहयोग गर्नु भएको छ । मंगलवार उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकार विष्टलाई सहकारी पत्रकारिता पुरस्कार र नगद ११ हजारले सम्मान गरको थियो ।

उहाँले आफुले पाएको उक्त रकम हाल काठमाण्डौँकोे हाम्स अस्पतालमा मुटुरोगसंग लडिरहेका पत्रकार विष्टका पूर्वसहकर्मी एव मिरमिरे अनलाईका पत्रकार डम्बरराज भट्टलाई सहयोग गर्नु भएको हो ।

उहाँको जिवन रक्षाका लागि एक पटकका लागि भएपनि औषधी खरिद गर्न र यो दुख, संकटको घडीमा हामीपनि साथमै छौँ भनेर सान्त्वना, हौसलाका लागि सहयोग गरेकोे पत्रकार विष्टले बताउनु भयो ।

विगतका दिनमा पनि पत्रकारलाई मात्र नभई कसैलाई पनि आर्थिक अभावले उपचार गर्न नपाएको वा समस्यामा परेको थाहा पाउना साथ पत्रकार विष्ट अग्रपंक्तीमा रहेर समस्याको समाधान गर्ने पत्रकारको रुपमा आफनो पहिचान बनाउन सफल हुनु भएको छ ।

पत्रकार बिष्ट जनक्रान्ति दैनिक र नया पत्रीका दैनिक पत्रिकामा जिल्ला रिपोर्टरका रुपमा कार्यरत छ्न । बेल्डाडी गाउपालिका १ का बिष्ट नेपाल पत्रकार महासंघ कन्चनपुरका कोषाध्यक्ष पनि हुन । उनले २०६८ देखि पत्रकारिता सुरु गरेका हुन ।

सम्बन्धित

Comments are closed.