बुबाको किरिया क्वारेन्टाइनमै
बैतडी, ५ असार
बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बस्नु भएको छ । भारतको दिल्लीमा काम गर्दै आएका उहा चार दिनदेखि भूमिराज माध्यमिक विद्यालय चडेपानीको क्वारेन्टाइनमा बसिरहनु भएको छ । उहाका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उहाले क्वारेन्टाइनमै किरिया शुरु गर्नु भएको हो ।केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उहा दोगडाकेदार पुग्नु भएको थियो ।
क्वारेन्टाइनमा किरिया बस्न बाध्य भएको उहाले गुनासो गर्नु भयो । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिनु भयो ।भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशनअनुसार नै उहालाई क्वारेन्टाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनु भयो ।लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाले बताउनु भयो । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टाइनमा बस्नु भएको थियो ।
शुक्लाफाँटा खबर
6819 posts
Comments are closed.