महेन्द्रनगर । कञ्चनपुरमा रहेको फ्लोरिडा इन्टरनेसनल माध्यमिक विद्यालयले एउटा पृथक र नविनतम कार्य गर्दै आईरहेको छ । विद्यालयले प्रत्येक महिना सर्वोत्कृष्ट छात्रछात्रा ( स्टुडेन्ट अफ द मन्थ ) घोषित गर्दै आईरहेको छ ।

विद्यार्थीहरुको अनुसासन,विद्यालयमा आउने नियमितता, सरसफाई, गृहकार्य अध्ययनलगायतका विषयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मासिक रूपले सम्मान गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हो ।

शैक्षिक सत्र २०८२ भाद्र महिनाका २८ जना छात्रछात्राहरुलाइ एक कार्यक्रमको आयोजना गर्दै प्रमाणपत्रसहित सम्मान गरेको छ ।
विद्यार्थीहरुको चौतर्फी विकासका लागी यो प्रत्येक महिना सर्वोत्कृष्ट छात्रछात्रा छनौट गर्ने कार्यक्रमले अन्य विद्यार्थीहरुलाई प्रेरणा मिल्ने विद्यालयका प्रिन्सिपल जयराज ओझाले बताउनु भयो ।
सबै विद्यार्थीहरुलाई सकारात्मक कार्य र आफनो शिक्षालाई अझ उत्कृष्ट बनाउनका लागी पनि यो कार्यक्रमले थप हौसला प्रदान गर्ने उहाँले बताउनु भयो ।
प्लस टुका कोर्डिनेटर हिक्मत दमाईले यो कार्यक्रम विगतदेखी संचालनमा रहेको र सबै विद्यार्थीहरुमा राम्रो परिर्वतन आएको बताउनु भयो ।
सबैमा सम्मान थाप्ने होडवाजी चलेको र सकारात्मक परिर्वतन विद्यार्थीहरुमा आफुले पाएको उहाँले बताउनु भयो ।
Comments are closed.