ज्योतिषाचार्य तथा शुक्ल यजुर्वेदाचार्य, अन्तर्राष्ट्रिय ब्राह्मण संगठनका प्रदेश–जिल्ला संयोजक तथा पिठाधीश्वर पन्तको एतिहासिक कार्य
महेन्द्रनगर । गोदावरी नगरपालिका–५ निवासी जयन्द्र रमेश जिजिकोटाको व्रतबन्ध आइतबार वैदिक विधिअनुसार सम्पन्न गरिएको छ। विहानैदेखि आरम्भ भएको समारोह ब्राह्मण, गुरुजन, परिवारजन तथा स्थानीयको उपस्थितिमा सम्पन्न भयो।
व्रतबन्धका सम्पूर्ण वेद–मन्त्र, यज्ञ, होम तथा अन्य संस्कारिक विधि चारजना विद्वान् ब्राह्मणहरूले सम्पादन गरेका थिए। कार्यक्रमलाई व्यवस्थित बनाउन परिवार र स्थानीय समुदायले सक्रिय भूमिका निर्वाह गरेका थिए।
समारोहमा पशुपति–कोटी होमका व्यास आसनमा पुराण प्रवचन गरिसकेका आचार्य, साहित्याचार्य तथा दलितकुल शिरोमणि कृष्णबहादुर दमाई, ज्योतिषाचार्य तथा शुक्ल यजुर्वेदाचार्य, अन्तर्राष्ट्रिय ब्राह्मण संगठनका प्रदेश–जिल्ला संयोजक तथा पिठाधीश्वर गणेशप्रसाद पन्तको विशेष उपस्थिति रहेको थियो।
सुरेश सनातनी पार्कीसहित धर्म–संस्कृतिसँग सम्बद्ध व्यक्तित्व र स्थानीय अगुवाहरूको सहभागिताले समारोहलाई अझै भव्य र गरिमामय बनायो।आचार्यहरूले जयन्द्रलाई वैदिक मन्त्र, उपनयन, यज्ञोपवीत, गुरु–उपदेश तथा ब्रह्मचर्य जीवनका आधारभूत अनुशासनहरू सम्बन्धमा शिक्षा दिँदै उज्ज्वल भविष्यको आशीर्वाद प्रदान गरेका थिए।
व्रतबन्ध समारोहमा जिजिकोटा परिवारका सबै सदस्यहरूको उपस्थिति उल्लेखनीय थियो। मुल बाज्यादेखि लिएर काका–काकी, बुवा–आमा, दाजुभाइ, बहिनी, नातागोता र आफन्तजनहरूले जयन्द्रलाई संस्कार, धैर्य, अनुशासन र जिम्मेवारीको मार्गमा अघि बढ्न शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी परिवारका प्रमुख सदस्य( मुल बाज्या – रुप बहादुर जिजिकोटा ,बड्डा बाज्या – विरभान्या जिजिकोटा, बाज्या – ददिमल्या जिजिकोटा(बाज्या – मुने ददिमल्या( बजेइ – बिसुमति जिजिकोटा,बुवा – रमेश जिजिकोटा(आमा – वसन्ति जिजिकोटा(माइला बुवा – नयन जिजिकोटा
माइलि मम्मि – दुर्गा जिजिकोटा(कान्छा बुवा – राजेश जिजिकोटा(कान्छि मम्मि – रेस्मि जिजिकोटा(भाइ – अमरित, कैलाश, युराज, साहिल जिजिकोटा(बहिनी – सगिता साउके, वर्शा जिजिकोटा, सेजल जिजिकोटा(ज्वाइँ – प्रकाश साउके(भान्ज–भान्जी – श्रीयान्स साउके, दृष्टि साउके उनीहरूकै अनुसार, जयन्द्रको व्रतबन्ध केवल एक परम्परागत संस्कार मात्र नभई परिवारका पिँढी–पिँढीले जोगाउँदै ल्याएको धार्मिक र सांस्कृतिक पहिचानको निरन्तरता पनि हो।
विशेषगरी अभिभावक रमेश जिजिकोटा र वसन्ति जिजिकोटाले छोराले संस्कारसहित जिम्मेवारीपूर्ण जीवनयात्रा थालनी गरेको दिन आफ्नो जीवनकै गर्विलो क्षण भएको प्रतिक्रिया दिएका थिए।व्रतबन्धको अवसरमा घर–परिवार, छिमेकी तथा स्थानीयबासीको भीडले समारोहलाई सांस्कृतिक उत्सवजस्तै बनाएको थियो। वेद–मन्त्रको ध्वनि, यज्ञको धूप, पुष्प–अक्षता, टिका र आशीर्वादनले वातावरण भक्तिपूर्ण र आत्मीय बनेको थियो।
अतिथिहरूलाई स्वागत–सम्मान तथा प्रसाद वितरणका व्यवस्था पनि गरिएको थियो।
स्थानीय समुदायका अनुसार, वैदिक संस्कारहरू मार्फत युवापुस्तालाई संस्कार, अनुशासन र कर्तव्यबोध सिकाउन सकिनु सामाजिक विकासका लागि समेत महत्वपूर्ण मानिन्छ।
समारोहमा उपस्थित गुरुजन, आचार्य र परिवारजनहरूले जयन्द्र जिजिकोटालाई विद्या, विवेक, आचरण र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै जीवनपथमा सत्य, धर्म र अनुशासनको मार्ग पछ्याउन प्रेरणा प्रदान गरे। समारोह सांस्कृतिक कार्यक्रम, परिवारिक फोटोसेसन र भोजसहित साँझतिर सम्पन्न भएको थियो।
Comments are closed.