बेलौरी मेयर कप प्रतियोगितामा कुटिएका खेलाडी करन पाल घटना छानबिन गरेर दोषि उपर कार्बाहीको माग

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी मेयर कप प्रतियोगिता कुटिएका खेलाडी करन पाल घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

जिल्लाका फुटबल खेलाडीदेखि कञ्चनपुर जिल्ला फुटबल संघ, जिल्ला खेलकुद समितिले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका हुन ।

आइतबार घाईते खेलाडी पाललाई मायामेट्रो अस्पतालमै पुगेर कञ्चनपुर खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारेका छन ।

अध्यक्ष खडकाले यसरी खेलकुद मैदानमै खेलाडी कुटपिट दुखत विषय भएकाले दोषिलाई उन्मुक्ति दिन हुने बताए । घाईतेको उपचारदेखि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन माग अघि सारेका छन ।

घाईते पालका घर परिवारदेखि खेलाडी, खेलकुद क्षेत्रका अगुवाहरुले कानुनी कार्बाही नगरे आन्दोलनको चेतावनी दिएका छन ।

सम्बन्धित

Comments are closed.