महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा आएको छ । सोमवार राजश्व सचिव भुपाल बरालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीको उदघाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्सार प्रशासनमा पारदर्शीता बढाउन अनलाइन डाटाबेस प्रणाली लागु गरिएको बताए । यसले भन्सार प्रक्रियालाई छिटोछरितो र कम जोखिमपूर्ण बनाउने राजश्व सचिव बरालले बताए ।

सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी भन्सार कार्यालयहरूमा अनलाइन भन्सार डाटाबेस प्रणालीको शुभारम्भ गरेका हुन् । उनले करको दर नभई दायरा फराकिलो बनाएर आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार नयाँ प्रणालीले वस्तुको मूल्याङ्कन प्रक्रियालाई सुधार गर्नेछ । पारदर्शी र कम जोखिमपूर्ण पनि हुने उनको भनाइ छ ।
भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीले सम्भावित अनियमितता पनि नियन्त्रण गर्ने र वस्तुको मूल्यांकनमा सफ्टवेयरमा आर्टिफिसियल इन्टेलिजेन्स पनि प्रयोग गर्ने योजना रहेको उनले बताएका छन् ।
अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
सोहिअनुरुप गरिएको मुल्याङ्कन डाटाबेस प्रणालीको सुभारम्भले वैध व्यापारलाई प्रोत्साहन गर्ने, मूल्य अभिवृद्धि करलगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्नुका साथै अनौपचारिक कारोबारमा समेत कमी आउने विश्वास व्यक्त गरे ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी डाटावेस प्रणाली लागुगर्ने भन्सार कार्यालयहरुमा छैटौ कार्यालय भएको छ । विराटनगर भन्सार कार्यालबाट यो कार्यको सुरुवात गरिएको हो ।
यसअघि राजश्व चुहावट नियन्त्रण परामर्स समितिको बैठकसमेत बसेको थियो । सो अवसरमा निजि क्षेत्रले समेत वैद्य बजार व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने बताईएको थियो ।
त्यसका लागि निजि क्षेत्रले समेत सहि विल–विजक बनाउनु पर्ने तथा प्रक्रिया पुरा गरेर ल्याईएका सामग्रीको मात्र बेचविखन गर्नुपनेमा जोड दिईएको थियो ।
Comments are closed.