साँगितिक प्रस्तुतीबाट क्यान्सर पिडित जोशीको उपचारका लागी रकम संकलन

महेन्द्रनगर । कञ्चनपुृरको भीमदत्त नगरपालिका १४ नयाँ कटानका स्थानिय शिवराज जोशीको उचारार्थ युवाहरुले सडकमा साँगितिक कार्यक्रमको अयोजना गरेका छन् ।सोमवार भेटघाट चौतारीमा क्यान्सर पिडित जोशीको उपचारको लागी रकम संकलन गर्न ब्ल्याक होल ब्यान्डसंग सहकार्य गरेर रकम संकलन गरेको समाजसेवी युवा हेमराज भट्टले जानकारी दिनुभयो ।

अहिले उहाँ उपचारार्थ रहनु भएको भएर चौथो किमोको लागी आर्थिक अभाव भएपछि सबै मिलेर उहाँलाइ नयाँ जिवन दिनको लागी सबैले मिलेर सहयोग गर्न उहाँले आग्रह गर्नु भयो ।

पिडित जोशीकी श्रीमती देवकी जोशीले यो पिडामा सबैले हातेमालो गरेर सहयोग गरीदिन आग्रह गर्नु भएको छ ।

सबैले सहयोग गरे आफनो श्रीमानले नयाँ जिवन पाउने भएकाले सबैले सक्दो सहयोग गरिदिन आग्रह गर्नुभयो । साथै उहाँले अनलाईन पनि रकम हाल्न सकिने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.