भीमदत्त १७ द्वारा सुत्केरी महिला लाई पोषणयुक्त खानेकुराहरु वितरण

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ ले सुत्केरी महिला लाई पौष्टिक खानेकुराहरु वितरण गरेको छ । आफनो वडामा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक खानेकुराहरु वितरण गरेको हो । सुत्केरीलाई पोषणको अभाव हुन नदिन सो वडाले पोषणयुक्त खाद्य सामग्री वितरण गरेको हो ।

उनिहरुलाई यो बेलामा पौष्टिक आहार चाहिने भएकाले सावन १ गतेदेखी अहिले सम्म ८ जना सुत्केरी महिलाहरुलाई विभिन्न पौष्टिक आहारजन्य खानेकुराहरु वितरण गरेको छ । वडाले १ किलोग्राम घिउ, २ किलोको लोकल भाले कुखुरा, काजु बदाम, बच्चालाई नुहाउने साबुनलगायतका सामग्रीहरु वितरण गरेको वडा अध्यक्ष पदम बुढाले जानकारी दिनु भएको छ ।

सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खानामा बढी ध्यान दिनुपर्ने भएर यो कार्यक्रम लागु गरीएको बताउनु भयो । पोषिलो खाना र सरसफाइमा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस् भनेर पौष्टिकजन्य आहार वितरण गरिएको वडा अध्यक्ष बुढाले बताउनु भयो ।

पहिलो पटक यो वर्ष देखी सुरु गरेको यो कार्यक्रमलाई निरन्तरता गरीने वडा अध्यक्ष बुढाले बताउनु भयो । उहाँले सुत्केरीहरूको पोषणको अवस्था सुधार गर्न सुत्केरी भएकी महिलाहरूले पोषण युक्त खानेकुरा खान सिक्नु पर्छ भन्ने जनचेतना दिन पनि यो कार्यक्रम लागु गरेको बताउनु भयो ।

९ महिनासम्म गर्भ, त्यसपछि पीडादायी प्रसूती र आमा बनेपछि नवजात शिशु हुर्काउनुपर्ने भएकाले सुत्केरी महिलाको लागि पर्याप्त आरम एवं पोषिलो खानपान जरुरी हुने भएपनि अहिले हामीले धेरै स्याहार, खानपिनमा सुधार हुन आवस्यक रहेको वढा अध्यक्ष बुढाले बताउनु भयो ।

त्यसैले महिलाहरुलाई भिटामिन, क्यालोरी एंव प्रोटीनयुक्त भोजन खाना दिनुपर्ने, सहि खानपान र नियमित व्यायामले महिलाको शक्ति मिल्छ ।

गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि अपिल गर्नु भयो । खासगरी मासु, दुध, अण्डा, फलफूल वा झोलिलो पदार्थ सेवन गराउनुपर्छ ।

आमाको दुधबाट शिशुले पनि सम्पूर्ण आहार लिने भएकाले सुत्केरीलाई उचित स्याहारसुसार नपुगेको अवस्थामा आमा र शिशु दुबैको स्वास्थ्य कमजोर हुनसक्ने वडा अध्यक्षले बताउनु भयो ।

घरमा खान पनि नपुग्ने अवस्थामा सुत्केरी भएपनि वडाले दिएको पोषणयुक्त खाना पाएपछि केही राहत भएको चाँदनी भुलले बताउनु भयो ।

वडाले दिएको यो पौष्टिक खानेकुराले मेरो स्वास्थ्य र बच्चाको स्वास्थ्य पनि राम्रो हुने आफुले विस्वास लिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.