महेन्द्नगर । भीमदत्त नगरपालिका–६ भगवती टोलकी पार्वती थापा (एकल महिला) ले विगत १० वर्षदेखी च्याँउ उत्पादन गरेर राम्रो आम्दानी गरीरहनु भएको छ । व्यावसायिक रुपमा विभिन्न जातका च्याउ खेती गरेर एउटा उद्यमी महिला बन्न सफल हुनु भएको छ ।

कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० वर्षदेखि व्यावसायिक रुपमा च्याउखेती र अन्य तरकारीहरु पनि उत्पादन गरीरहनु भएको छ । यो चिसो मौसममा उहाँले अहिले प्लाष्टिकको टनेलमा ५ देखी ७ क्विन्टल च्याँउ उत्पादन गर्नु भएको छ ।घरमै आएर ग्राहकहरुले च्याँउ खरिद गरीरहेको उहाँले बताउनु भयो ।अहिले उहाँ संग लगभग १ हजार वटा च्याउ को बल हरु छन एक बलबाट ३ किलो सम्म च्याउ उत्पादन हुन्छन । यसलाई अझ बढाएर व्यवसायलाई अगाढी लैजाने बताउनु भयो ।

‘च्याउ खेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,’ कृषक थापाले भन्नुभयो, मिल्कीे च्याउ गर्मीयाममा प्रतिकिलो ३०० र कन्येलाई अहिले २ सयमा बिक्री गर्ने गरेका उहाँले च्याउबाट यस गतवर्ष राम्रै आम्दानी गरेको बताउनु भयो । च्याउ लगाउने बेलामा बाहिरबाट मान्छेहरुलाई पनि ल्याएर रोजगारी दिने गर्नुभएको छ ।
च्याउबाहेक मौसमअनुसार काँक्रो, घिराँैला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताउनु भयो । थापाले यो वर्षमा गोव्रे च्याँउ पनि लगाउने सोच बनाएको तर मलको अभावले रोकिएको बताउनु भयो ।
उहाँले आफुलाई उच्च प्रविधिको टनेलको अवस्यक परेको र बाह्रै महिना च्याउ खेती गर्ने इच्छा रहेको भएपनि टनेलको अभाव रहेको बताउनु भयो । वातानूकुलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने भएकाले त्यस्तो टनेलको अनुदान वा कसैले सहयोग गरेको खण्डमा काम गर्ने बताउनु भयो ।
राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउ खेतीलाई विस्तार गर्दै लैजाने योजना रहेको र भएपनि आर्थिक अभावले थप टनेल बनाउनमा समस्या भएको बताउनु भयो ।
कृषी ज्ञान केन्द्रका कार्यालय प्रमुख हरीप्रशाद पनेरुले पछिल्लो समय व्यावसायिक रुपमा च्याँउखेतीमा लाग्ने कृषकको आकर्षण बढेको भएर अबका दिनमा च्याउ खेतीमा अनुदान समेत बढाउँने बताउनु भयो ।
च्याउ एक बहुउपयोगी खाद्य पदार्थ रहेकोर च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्व पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्ध वृद्धाका लागि अति उपयोगी रहेको बताउनु भयो ।
Comments are closed.