भीमदत्त नगरपालिका १८ सालघारीमा रहेको इको पार्क सर्वसाधारणहरुका लागी खुल्ला

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ सालघारीमा रहेको इको पार्क सर्वसाधारणहरुका लागी खुल्ला गरएिको छ । इकोपार्कको हरियाली प्रवद्र्धन तथा संरक्षणका लागिगतवर्ष देखि वृक्षारोपण लगायतका सौन्दर्याकरण कार्यक्रमहरु गरिएको थियो ।

उक्त अवधिमा पार्क भित्र रहेका जैविक तथा भौतिक संरचनाको संरक्षणका लागि पार्क भित्रप्रवेश निषेध गरिएको अवस्थामा पौष १ गतेदेखी सबैका लागीपार्क खुल्ला गरीएको वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले जानकारी दिनुभयो ।

साथै पार्क भित्र प्रवेश गर्ने तथा पार्क वरपर बसाइ गर्ने आमनागरिक हरुलाई शारिरीक व्यायामका लागि पार्क बिहान ५ बजे देखि ८ बजे सम्म खुला र अन्य प्रयोजनका लागि बिहान १० बजे देखि साँझ ५ बजे खुल्ला हुने अध्यक्ष देवकोटाले बताउनु भयो ।

साथै, पार्क भित्रप्रवेश गर्दा पार्क गेटमा नाम लेखाउनु पर्ने, पार्क भित्र रहेका व्यायाम मेसिनहरुको संरक्षण तथा उचित प्रयोग गर्न, पार्क भित्र प्लास्टिक जन्य तथा सिसाजन्य सामग्रीको प्रयोग नगर्न वडा अध्यक्ष देवकोटाले आग्रह गर्नु भएको छ ।

साथै पार्क भित्रलागूपदार्थ दुव्र्यसनी जन्य क्रियाकलापहरु नगर्ने र लागूपदार्थ सेवन गरिरहेको देखेमा तुरुन्त प्रहरीलाई खबर गर्न पनिआग्रह गर्नुभयो ।

पार्क भित्र र बाहिर रहेका डस्टबिन हरुमा मात्रप mोहोरमैलाजम्मा गर्ने, डस्टबिनहरुमा व्यक्तिगत सरसफाइसँग सम्बन्धित फोहोर सामग्रीहरु जस्तै स्यानिटरि प्याड तथाप्याम्पर जम्मा नगर्न र उक्तकार्य गरेको सिसिटिभीमा देखिने भएकाले कार्वाही पनि हुने उहाँले जानकारी गराउनु भयो ।

यो पार्क सबै आम जन समुदायको सम्पत्ती भएको हुँदा सबैले यसको संरक्षण सम्वद्र्धन र सरसफाईमाविषेश ध्यान दिएर यसको प्रयोग गरीदिन वडा अध्यक्ष देवकोटा आग्रह गर्नुभयो ।

सम्बन्धित

Comments are closed.