महेन्द्रनगर । धनगढीबाट सञ्चालित’नयाँ सन्देश’ अनलाइनकी प्रधाान सम्पादक रमा चन्दलाई दुव्र्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुव्र्यवहार भएको थियो । ‘मैले महोत्सवबारे क्यामेरामा बोलि रहँदा पछाडिबाट आएर एकजना अपरिचित युवकले जोडले धक्का दिएर दुव्र्यवहार गरेका हुन्,’ चन्दले भनिन्, ‘त्यसबेला मलाई दुखाइ पनि भएको थियो ।
तर त्यो भिडभाडमा अप्ठेरो लागरे चुपलागेँ । अन्य महिलाले यस्तो अन्याय सहनु नपरोस् भनेर कारबाहीको माग गरेकीहुँ ।’ आफू माथि भएको दुव्र्यवहार विरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् ।
पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक रहेको कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले बताए । ‘सोमबार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ एसपी चन्दले भने ।
महोत्सवको प्रत्यक्ष प्रसारण गरिरहेका बेला शनिबार पछाडिबाट चन्दलाई नियतवश धक्का दिएको भिडियोमा देख्न सकिन्छ । घटनाप्रति पत्रकार महासंघले आपत्ति जनाउँदै संलग्नलाई कारबाहीको माग गरेको थियो ।
Comments are closed.