महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (नीड्स नेपाल)ले जलवायु प्रतिरोधी जिविको पार्जन र खाद्य सुरक्षाको प्रदर्शन कार्य सम्पन्न गरेको छ । कोईकाको आर्थिक सहयोग र निड्स नेपाल, अक्सफामको आयोजनामा संचालित महिला सशक्तिकरण कार्यक्रम अन्तरगत भीमदत्त नगरपालिका १९ को दशरथ चन्द टोलमा उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

उक्त कार्यक्रममा भीमदत्त नगरपालिका १९ का अध्यक्ष जग्गुराम थारु चौधरी, कृषी ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मदनराज भट्ट, संस्थाका अध्यक्ष दुर्गा खरेल, उपाध्यक्ष तारादेवी धामी, संस्थाका कृषी अधिकृत हेमन्त महरा, कौशल भण्डारी र समुहका महिला सदस्यहरुको उपश्थिती रहेको थियो ।
उक्त क्षेत्रमा सघन गँहु खेतीको प्रदर्शनी गरीएको छ । स्थानिय किसान तथा दशरथ महिला सशक्तिकरण समुहको कोषाध्यक्ष सिर्जना डँगौराको खेतमा १ कठ्ठामा नयाँ प्रविधीबाट र अर्काे एक कठ्ठामा परम्पागत शैलीबाट गँहु खेती लगाएर तुलनात्मक रुपमा कुन प्रविधी फाईदाजनक हुन्छ भनेर सिकाई र व्यवहारमा लागु गर्न यो प्रदर्शन गरीएको थियो ।
संस्थाका अध्यक्ष खरेलले निड्स नेपालले यो प्रविधी पहिला पनि अन्य पालिकामा प्रयोग गरीसकेको र यो पालिकामा नयाँ प्रविधीरुको रुपमा सघन गँहुखेतीको सुरुवात गरीएको बताउनु भयो । विगतमा यो प्रविधी लागु भएका अन्य पालिकामा यसले राम्रो उत्पादन दिएपछि यो भीमदत्त नगरपालिका १९ मा पनि यसको प्रयोग गरीएको बताउनु भयो ।
कम विउँबाट बढी उत्पमदन गर्न सकिने, विषादी हाल्नु नपर्ने, कम सिँचाईमा पनि राम्रो उत्पादन गर्ने भएपछि यो प्रविधीको प्रयोग गर्न किसानलाई सिकाउन यो विधीको प्रयोग गरीएको बताउनु भयो ।
नजिकै नयाँ प्रविधीको गहुँखती र परम्परागत शैलीले लगाएको गँहुलाई तुलना गरेर हेर्ने र उत्पादन कस्ले कस्तो दिन्छ भनेर किसानहरुले पनि ुिसक्ने बताउनु भयो ।
वडा अध्यक्ष चौधरीले आफनो वडामा यो नयाँ प्रविधीको प्रयोग गरीदिनु भएकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । सबै किसानले यो नयाँ प्रविधीलाई आफनो व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो ।
कृषी ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत भट्टले यो प्रविधीमा कम लागतमा बढी उत्पादन लिन सकिने र र विँउ पनि कम प्रयोग हुने उत्पादन बढी दिने भएकाले सबैले यो प्रविधीको प्रयोग बढाउनु पर्ने बताउनु भयो ।
यसमा सिँचाईको आवस्यक कम पर्ने भएकाले पनि यसको प्रयोग बढदै गइरहेको बताउनु भयो । किसान सुर्जना डँगौराले आफनो खेतमा नयाँ प्रविधी र परम्परागत विधीमा गँहु लगाएको र यसले राम्रो उत्पादन दिनेमा आफु विस्वस्त रहेको बताउनु भयो ।
Comments are closed.