महेन्द्रनगर । भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिईएको छ । पुष ४ गते शुक्रबारका दिन सुदुरपश्चिममा भुवा पर्वको उपलक्ष्यमा प्रदेश सरकारले विदा दिएको हो ।
२०८१ चैत्र २१ गतेको बसेको मन्त्रीपरिषदको वैठकले भुवापर्वमा विदा दिने निर्णय गरेको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ।
पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ।
द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ।
Comments are closed.