कञ्चनपुर कारागारमा झडप हुनुको कारण यस्तो छ

महेन्द्रनगर । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा झडप हुँदा ८ जना घाईते भएका छन् । कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि झडप हुँदा ८ जना घाईते भएका हुन् ।अहिलेका नाइके र घाईते कैदीहरुले आर्थिक लेनदेन गर्ने, भत्ताको रकम नदिने, घरबाट रकम माग्न लगाउने, भान्सामा पनि आर्थिक चलखेल गर्ने, कारकागार भित्र मदिरा, लागुऔषधहरु प्नि भित्राउने गरेको भएर दुईपक्ष विच झडप भएपछि ८ जना कैदीहरु घाईते भएका हुन् ।

घाईते हुनेमा किरन सिंह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार रहेको जेलर बन्दना सुवेदीले जानकारी दिनु भयो । उनिहरुको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ भने, अन्य सामान्य घाईते हुनेमा सन्दिप भण्डारी, मदन गिरी, जनक खडका, र रोशन शाही रहेका छन् ।

भित्र रहेका कैदीबन्दीहरुका अनुसार कारागार भित्र मदिरा, लागुऔषधहरु पनि पाइएको भएर नाइके लगायतलाई कुटपिट गरेको बताएका छन् ।

अहिले कञ्चनपुर कारागारमा सुरक्षाकर्मीहरुको बाक्लो उपश्थिती रहेको छ ।

अहिलेको व्यवस्थापन परिवर्तन गर्नुपर्ने भित्र रहेका कैदीहरुले माग गरेका छन् । जेलर सुवेदीले कारागार भित्र अबैध सामग्री कसरी पुगे आफुलाई कुने जानकारी नभएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.