महेन्द्रनगर । कञ्चनपुरमा मानवअधिकार रक्षक ( सुरक्षा तथा संरक्षण ) सम्बन्धि नमुना कानुन संसोधनका लागी संवाद तथा सुझाव हस्तान्तरण कार्यक्रम सम्पन्न गरीएको छ । एडभोकेसी फोरम नेपालको सहयोग र गैर सरकारी संस्था महासंघ कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगद्धारा मस्यौदा तयार गरी मन्त्रिपरिषदको कार्यालयमा यसअघि नै पेश गरिएको कानुनको मस्यौदामाथि छलफल गरिएको हो ।उक्त कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख दुर्गा दत्त बोहराको अध्यक्षता रहेको थियो भने, कानुनविदहरु, गैरसरकारी संस्थाहरु, मानव अधिकारको क्षेत्रमा कार्यरत पदाधिरकाीहरु, पत्रकारहरुको उपश्थिती रहेको थियो ।

सहभागीहरुले उक्त मस्यौदामा थप गर्न सकिने बुँदाहरु माथी छलफल र प्रस्तुतकिरण गरेका थिए । कार्यक्रमका अध्यक्ष बोहराले यो छलफल र अभ्यास निकै नै राम्रो र नयाँ परिपाटी रहेको बताउनु भयो ।
यसले सबैको माग विचार र भावनालाई समेटने र मानव अधिकारको क्षेत्रमा राम्रो काम हुने बताउनु भयो । कसैले पनि कसैको मानव अधिकार हनन गर्न नहुने परिप्रेक्षमा मानवको अधिकार संगै आफनो कर्तव्य पनि भुल्न नहुने बताउनु भयो ।
साथै यसमा छुटेका र नउठेका बुँदाहरुलाई पछि जोडन पनि आग्रह गर्नु भयो । यसैगरी, एडभोकेसी फोरमका कानुन अधिकृत विरबहादुर विष्टले मानव अधिकार रक्षकको प्रस्तावित नमुना माथी छलफल भएको र त्यसमा केही सल्लाह सुझावहरु, बुँदाहरु थप गर्ने नेपाल जिल्ला समन्वय मार्फत नेपाल सरकारलाई पठाउने योजना रहेको बताउनु भयो ।
Comments are closed.