माइती नेपाल कञ्चनपुरद्वार किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि अनुशिक्षण प्रदान
महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका वडा नं। ५ का किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि अनुशिक्षण प्रदान गरेको छ । भीमदत्त ५ का विभिन्न समुदायका किशोरीहरुलाई समेट्ने गरी प्रशिक्षित गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।

संयोजक भट्टले भन्नुभयो–“ विशेष गरि महिला, बालबालिका तथा कमजोर वर्गलाई लक्षित गरि हुने बेचबिखन रोकथाम गर्न आवश्यक देखिएकाले यो कार्यक्रम आयोजना गरिएको हो । सामाजिक सञ्जाल तथा मोबाइल फोनको दुरुपयोगले विभिन्न समुदायमा बढ्दै गएकोले किशोरकिशोरी र महिलालाई सम्भाव्य जोखिम बाट बचाउन बेलैमा जागरुक गराउनु पर्ने अति आवश्यक रहेको छ ।”
अशिक्षा, बेरोजगारी, प्रलोभन, देखासिकी, झुठा माया, प्रेम सम्बन्ध, मोबाइल फोन लगायत सामाजिक सञ्जाल, फेसबुकको दुरुपयोग मानव बेचबिखनका आधारभूत कारण हुन् भने घरेलु हिंसा तथा लैङ्गिक बिभेद पनि मानव बेचबिखनका कारण बन्ने गरेका छन् ।
दलालहरुले आफ्नो मायाजालमा पारी बिहे गर्ने आश्वासन दिएर भारतसम्म पुर्याउँछन् । खुला सिमा नाकाका कारण कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको संयोजक भट्टले बताउनुभयो ।
यौन शोषण, वेश्यावृति, सर्कसमा काम लगाउन, बंधुवा मजदुर बनाउनु, शरीरका विभिन्न अंग झिक्न, मानव बेचबिखनको मुख्य उद्धेश्य रहेको बताउदै संयोजक भट्टले परिवारका सदस्य एवम् आफन्त नै बेचबिखनमा सहभागि हुने हुदाँ मानव बेचबिखन रोकथाममा चुनौती भएको जानकारी दिनुभयो ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको परिभाषा ,बेचबिखन हुनुका कारण, यसको बदलिंदो स्वरुप, सम्भाबित जोखिम, दलालले अपनाउने हतकण्डा, प्रचलित कानुनी प्रावधान लगायत बाल यौनदुचार, बाल यौन दुर्व्यवहारका बारेमा सहभागिहरुलाई जानकारी गरार्ईएको छ ।
कार्यक्रममा वडा न।ं ५ का महिला वडा सदस्य लगायत ३५ जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । ऊक्त कार्यत्रममा सहभागि भीमदत्त नगरपालिकाका वडा नं। ५ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष रिता चन्द कार्यक्रममा बोल्दै– हाम्रो वडामा पनि चेलीबेटी बेचबिखन विरुद्ध सचेतना फैलाउन अत्यन्त आवश्यक देखिएको समयमा माइती नेपालले यो कार्यक्रम गरेकोमा धन्यवाद दिदैं
आगामी दिनमा पनि जोखिममा पर्न सक्ने किशोरीहरुलाई अनुशिक्षण प्रदान गर्न आवश्यक भएको कुरा औल्यादै स्थानिय सरकार सधै सहकार्य र समन्वयमा काम गर्न तयार रहेको कुरा प्रष्ट पार्नु भयो ।
कार्यक्रममा सहभागी किशोरीहरुले यस्तो कुनै पनि कार्यक्रम नभएको अवस्थामा माइती नेपालले हामी जस्ता किशोरीहरुलाई लक्षित गरि मानव बेचबिखन विरुद्ध सचेत पार्नु झएकोमा धन्यवाद व्यक्त गर्दै हामीहरुलाई यो कार्यत्रम अत्यन्त प्रभावकारी भएको कुरा पनि व्यक्त गरे ।
Comments are closed.