महेन्द्रनगर । जिल्ला कारागार कञ्चनपुरमा भएको विवादको छानविन गर्न समिती गठन गरीएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी शागर बोहरा सदस्य, र प्रशासनका सदस्य धर्मा उपाध्याय गरी ३ सदस्य छानविन समिती गठन गरीएको छ ।
आईतवार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्री, सशस्त्रका एसपीलगायतको टोलीले कारागारमा अनुगमन तथा कैदीहरुसंग भेट गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी ढकालले आफुले कैदीबन्दीहरुसंग भेट गरेर विभिन्न १८ वटा माग कैदीबन्दीहरुले दिएको र विगतदेखी नै यो कारागारमा विभिन्न समस्याहरु रहेको भन्ने विचारहरु पनि कैदीबन्दीहरुले उठाएको बताउनु भयो ।
विगतमा भान्सा संचालन, खाइपाई पाउनु पर्ने सेवालगायतको विषयमा पनि उहाँहरुले माग उठाएको र भान्सा संयोजकले बाहिर जादा ५ लाखमा बेच्ने गरेको पनि जानकारी पाइएको भएर ७ दिन भित्र प्रतिवेदन पेश गर्नेगरी काम गर्ने भनेर आफुले जानकारी गराएको बताउनु भयो ।
मादकपदार्थ,लागुऔषधहरु भित्र जानु ऐन कानुन विपरित रहेको भन्दै उहाँले के कती विषयहरु सत्य हुन भन्ने छानविन समितीले देखाउने त्यही बमोजिम काम गर्ने बताउनु भयो ।
गत शुक्रवार जिल्ला कारागारमा विभिन्न कारागारकरा आन्तरीक विषयलाई लिएर झडप भएको थियो । जस्मा ८ जना कैदीबन्दीहरु घाईते भएका थिए ।
घाईते कैदीबन्दीहरुलाई अहिले नै भित्र हाल्ने वातावरण नबनेको र उहाँहरुलाई बाहिर कारागारको परिसरमा अलग्गै राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।
Comments are closed.