महेन्द्रनगर । कञ्चनपुरमा रहेको गैरसरकारी संस्था स्विट नेपालले विपन्न महिलाहरुलाई उद्यमशील बनाउन सिलाइ मेसिन, बाख्राहरु, र किसानहरुलाई कृषी सामग्रीहरु वितरण गरेको छ । सोमवार वेदकोट नगरपालिकामा रहेका आत्म निर्भर समुहका महिलाहरुलाइ उक्त सामग्रीहरु वितरण गरेको छ ।

७ जना महिलाहरुलाइ सिलाई मसिन, ५ जनालाई बाख्रा, ५ जनालाई च्याउ खेती र ३ जनालाई प्याजखेती गर्न सामग्रीहरु सहयोग गरिएको छ । वेदकोट नगरपालिकाका कार्यवाहक नगर प्रमुख तुलसी जोशीले उक्त सामग्रीहरु समुहका महिलाहरुलाई वितरण गर्नु भयो । संस्थाले महिलाहरलाई उद्यमशिल बनाउन आत्मनिर्भर बनाउनका लागी वितरण गरेका सामग्रीहरुले अझै यो भन्दा बढी प्रगती गरेर देखाउन आग्रह गर्नु भयो ।

साथै उहाँले यो सामग्रीबाट उत्पादन गरेर देखाउनु भयो भने, पालिकाबाट पनि थप सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेकोमा संस्थालाई पनि धन्यवाद व्यक्त गर्नु भयो ।

‘‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई व्यवसायसँग जोड्नसके आर्थिक आयआर्जन गरेर आत्मानिर्भर बन्न सक्छन्, उहाँले भन्नुभयो, ‘‘त्यसका लागि सीप अनुसारका प्रविधि उपलब्ध गराएपछि पेसामा जोड्न सहज हुने भएकाले यो सिलाइ मेसिनले थप उर्जा र आम्दानी दिनेमा आफु विस्वस्त छु ।’’
यसबाट महिलालाई पेसा व्यवसायमा जोडिन मद्दत पुग्ने र आम्दानी बढाएर आफनो पेशालाई पनि अगाढी बढाउनु पर्ने बताउनु भयो ।
साथै बाख्रा पालन र तरकारी खेती गर्ने किसान महिलाहरुले पनि यी सामग्रीहरुको उचित प्रयोग गरेर आफुलाई उद्यमी बनाएर देखाउनु पर्ने र अनुगमन पनि गरिने भएकाले राम्रो उद्यमी गर्ने महिलालाई पालिकाले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
स्विट नेपालका कार्यक्रम व्यवस्थापक अमित सुनारले वेदकोट नगरपालिकामा ५८ वटा आत्म निर्भर समुह रहेको र प्रत्येक वर्ष २० देखी २५ वटा समुहको आवस्यक्ता अनुसार आयआर्जन गर्न सक्ने कामको आधारमा विभिन्न समग्रीहरु वितरण गर्ने गरेको बताउनु भयो ।
त्यही अनुरुप आज पनि महिलाहरुलाई केही सामग्रीहरु वितरण गरीएको बताउनु भयो । विगतमा पनि यसरी नै उहाँहरुको मागको आधारमा सामग्रीहरु वितरण गरीएको बताउनु भयो ।
यसैगरी वेदकोट नगरपालिका १० की मनिषा सार्कीले आफुसंग सिप भएर पनि काम गर्न नपाएको अवस्थामा अहिले मसिन पाएपछि व्यवसायीक रुपमा घरमै बसेर पनि काम गरेर आम्दानी गर्ने बताउनु भयो ।
Comments are closed.