जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपाल फेरी ईतिहास रच्न भारत प्रस्थान

महेन्द्रनगर । अन्तराष्ट्रिय स्तरमा कराँतेमा ईतिहास रचेको जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपाल फेरी ईतिहास रच्न भारत प्रस्थान गरेको छ । भारतको फरिदावादमा पुस १२, १३ र १४ गते आयोजना हुने १३आँै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी जनाउन खेलाडीहरु भारत प्रस्थान गरेका हुन् ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले खेलाडीहरुलाई अविर टिका नेपालको झण्डा ओढाएर विदाइ गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले विगतका दिनहरुमा पनि जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालले भारतमा आयोजना भएका खेलमा राम्रो प्रदर्शन गरी ईतिहास रचेको जानकारी आफुले पाएको र अब आयोजना हुने खेलमा पनि देशको नाम राख्ने गरी खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नु भयो ।

साथै उहाँले जितेर मात्रै नहुने खेलाडीहरुको सहभागिता र अनुभव पनि ठुलो विषय रहेको बताउनु भयो । यद्यपी भारतमा आयोजना भईरहेको १३आँै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर अनुशासित भएर नियम पूर्वक खेल खेल्नु पर्ने बताउनु भयो । यसैगरी, संघका अध्यक्ष दिपेन्द्र विष्टले यसरी भारतमा आयोजना भएको खेलमा नेपालको नाम राख्न सफल भएका खेलाडीहरुलाई सरकारले पनि हेर्नु पर्ने र उनिहरुको हौसलालाई बढाएर थप प्रेरित गर्नुपर्ने बताउनु भयो ।

विगतको ईतिहासमा पनि अहिले सम्म हार्न नसिकेको यो संघले यसरी नै आगामी दिनमा आयोजना हुने खेलमा पनि यसरी नै स्वर्ण पदकको वर्षा गराउने छ भन्ने आफनो विश्वास रहेको बताउनु भयो ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले अहिले क्लोज क्याम्प राखेर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुको छनौट गरेर भारतमा आयोजना भइरहेको १३आँै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी जनाउन गईरहेको बताउनु भयो ।

विगतमा पनि भारतमा जती पनि प्रतियोगिताहरु आयोजना भएका छन् सबैमा उत्कृष्ट रहेर देशको नाम राखेको बताँउदै अहिले पनि १७ जना खेलाडी ३ जना अफिसियलहरुले फेरी भारतमा ईतिहास रचेर देशको नाम राख्ने योजना रहेको बताउनु भयो ।

साथै उहाँले खेलाडीहरुले देशको नाम राख्न आफनै मिहिनेत, लगानी गरेर खेल खेल्ने तर राज्य स्थानिय सरकार प्रदेश सरकारले गैर जिम्मोवारी भएर सहयोग नगरी टुलुटुलु हेरी रहेको बताउनु भयो ।

दिउँसै मसाल बालेर खोज्नु पर्ने अवस्था रहेको र खेलाडीहरुलाई खासै सम्मान अवसर र सहयोग नभएको भएर खेलाडीहरुले नै अर्काे आन्दोलन गर्नुपर्ने अवस्थाको सिर्जना हुने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.