महेन्द्रनगर । बेदकोट नगरपालिकामा समुदायमा अदालत न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न गरिएको छ । उच्च अदालत दिपायल महेन्द्र नगर इजलास को आयोजना रहेको उक्त कार्यक्रमको सभाध्यक्ष्यमा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधान रहनु भएको थियो भने, विशिष्ट अतिथिमा नगर प्रमुख भोजराज बोहरा, उप प्रमुख तुलसी जोशी रहनु भएको थियो ।

यसैगरी उक्त कार्यक्रममा पालिकामा रहेका १० वटै मेलमिलापकर्ताहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपश्थिती रहेको थियो । सहभागी वडा अध्यक्षहरु, मेलमिलापकर्ताहरुले आफ्नो वार्डमा काम गर्ने दौरानमा भएका समस्या, चुनौती समाधान र सुझाबमा छलफल गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले न्याय सम्पादनको क्षेत्रमा जिल्लामै वेदकोट नगरपालिकाले उत्कृष्ट काम गरेको दावी गर्नु भयो । आफनो पालिकामा रहेका १० वटै वार्डमा मेलमिलाप केन्द्रको स्थापना गरेको र उहाँहरुलाई आवस्यक पर्ने सबै तालिमहरु प्रदान गरेर उनिहरुको सिप, दक्षता र ज्ञान प्रदान गरेर सक्षम मेलमिलापकर्ता बनाएको बताउनु भयो ।

काम गर्ने दौरानमा चुनौती धेरै रहेपनि सबै चुनौती र समस्याहरुलाई समाधान गर्दै मेलमिलापकर्ताहरुले उत्कृष्ट कार्य गरीरहेको बताउनु भयो । कतिपय ऐनमा व्यवस्था भएका धारा बुँदाले मेलमिलापकर्ताहरुलाइ काम गर्न कठिनाई भएको बताउनु भयो । १ सय २४ वटा विवादहरु समाधान गरेको जसमध्ये ५ वटा अदालत पठाएको र २३ वटा जती प्रक्रियामा रहेको बताउनु भयो ।

“एउटा न्यायिक समितिले मात्रै नभएर यस्मा मेलमिलापकर्ताको अथक मिहिनेत, संघर्ष प्रयासले गर्दा अहिले हामी गर्वका साथ भन्न सक्छौ हामी उत्कृष्ट छौ,” उपप्रमुख जोशीले भन्नुभयो, “यो सफल बनाउनमा उहाँले गरेको कार्य ने उत्कृष्ट रहेको छ, सबैलाई हृदयदेखी धन्यवाद दिन्छु,” यसैगरी, नगर प्रमुख बोहराले न्यायिक सम्पादन गर्ने विषयमा आफुलाई गर्व महसुस हुने कार्य गरेका बताउनु भयो ।
यसले गर्दा पालिकाको आन्तरिक मुल्याङकनमा राम्रो अंक रहेको र प्रत्यक पालिकाका ६ जना गरी ६० जना भन्दा बढीलाई न्याय सम्पादन गर्ने कार्यमा दक्ष बनाएर समाजमा शान्ती कायम गर्ने कानुनको आधारभुत ज्ञान दिएर काम भईरहेको बताउनु भयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश श्यामजी प्रधानले वेदकोट नगरपालिकाले न्यायको क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताउनु भयो ।
नागरिकलाइृ अदालतको परिचय दिन न्यायको पहुच दिन र उहाँहरुलाइ जानकारी प्रदान गर्नुपर्छ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
Comments are closed.