महेन्द्रनगर ।कञ्चनपुरमा मालापोते तालिमको आयोजना गरीएको छ । भीमदत्त नगरपालिका १ मा रहेका महिलाहरुलाई १ महिने माला पोते बनाउने तालिमको आयोजना गरीएको हो । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकको अथक प्रयास र समन्वयमा विपन्न, गरिव, दलित महिलाहरुलाई उद्यमशील बनाउनका लागि यो १ महिने माला पोते बनाउने तालिमको आयोजना गरीएको आयोजकले जनाएको छ ।

तालिमको आईतबार एक औपचारिक कार्यक्रमका बिच उदघाटन गरीएको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा भीमदत्त नगरपालिका १ का कार्यवाहक अध्यक्ष कलावती विष्ट रहनु भएको थियो भने प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनु भएको थियो । यसैगरी ,योगदान राष्ट्रका लागीका पालिका अध्यक्ष ज्योत्सना विष्टलगायतको उपश्थिती रहेको थियो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लेखकले महिलाहरुका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने उदेश्यको साथमा यो तालिमको आयोजना गरीएको बताउनु भयो । आत्मनिर्भर बन्नका लागि तालिममा सिकेका सिप महत्वपूर्ण हुने र यस्तै तालिमलाई तालिममा मात्र सिमित राख्न नहुने भन्दै जीवनस्तर सुधार्नका लागि आयमूलक काम गर्नु पर्नेमा उनले जोड दिनुभयो ।
यसले समृद्ध नगरपालिकासँगै महिलाहरुको आयआर्जनमा वृद्धि हुने श्रीङ्गारको रुपमा प्रयोग हुने चुरा, पोते, माला, औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । महिलाहरुले तालिममा सिकेका सिपबाट उत्पादित बस्तुको बजारीकरण गर्न चिन्ता नलिन उक्त काम पालिकाले गर्ने र सिपलाई व्यहारमा उतारेर देखाउनु पर्ने बताउनु भयो ।
महिलाहरुले गरेको उत्पादन नगरपालिकाले बजारीकरण गरेर उपभाक्ताको हात हातमा पु¥याउने काममा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो । दैनिक जीवनमा आवश्यक पर्ने बस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सिपका आयमूलक तालिम पालिकाले र समन्वयमा सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा १ का कार्यवाहक वडा अध्यक्ष कलावती विष्टले तालिममा सिकेका सिपको माध्यबाट उद्यमी बन्न आग्रह गर्नुभयो । साथै गुणस्तरीय र बाह्य वस्तु संग प्रतिस्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो । योगदान राष्ट्रका लागीका पालिका अध्यक्ष ज्योत्सना विष्टले व्यवसायिक तथा सिप विकास तालिम केन्द्र, कञ्चनपुर र वडा नम्वर १ को संयुक्त सहकार्यमा यो तालिमको आयोजना गरीएको बताउनु भयो ।
साथै उहाँले भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकको अथक प्रयाश साथ समन्वयले यो तालिम वडा नम्वर १ मा संचालन गरेको बताउनु भयो साथै उहाँले उपप्रमुख लेखकलाइ हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
साथै उहाँले, आगामी दिनमा महिलाहरुलाई आयआर्जनको माध्यमबाट आत्मनिर्भर बनाउन तालिमको आयोजना गर्ने मुख्य लक्ष्य रहेको बताउनु भयो ।उक्त एक महिने तालिमको मुख्य प्रशिक्षकको रुपमा ज्योती केसी तिवारी रहनु भएको छ ।
Comments are closed.