बेतडीमा रहेको केदारेश्वर मा बि दुर्गास्थानको ७३ औ स्थापना दिवस सम्पन्न

महेन्द्रनगर । केदारेश्वर मा बि दुर्गास्थान, बैतडिको पौष १४ गते ७३ औ स्थापना दिवस सम्पन्न भएको छ । २०१० सालमा स्थापना भएको यो बिद्यालय मा अहिले १२ सम्मको पठन, पाठन भई रहेको छ । बिगतमा जिल्लाकै अग्रणि स्थानमा रहेको जिल्लाकै यो बिद्यालय अहिले स्नातक तहको पढाई सन्चालनकालागि सङ्घर्षरत छ ।

आजको स्थापना दिवस बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डम्बर दत्त पाण्डेको सभापतित्वमा भएको थियो । प्रमुख अतिथि मेलौलि नगरपालिका का मेयर भिम बहादुर चन्द, बिशिष्ट अतिथि वार्ड नम्बर २ का अध्यक्ष कृष्ण दत्त भट्ट रहनु भएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक, दलित, अपाङ्ग २२ जानालाई खादा समेत नगद रकमबाट स्थानिय अभिभावक महेन्द्र देब पाण्डेले सम्मान गर्नु भएको थियो ।

यसैगरि कपडा बैँक सन्चालक महेश भट्टले १८ जाना बिद्यार्थिहरु लाई कम्बल बितरण गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हरिस चन्दले बिद्यालयका गतिबिधि एबँ आय, ब्यय प्रस्तुत गर्नु भएको थियो ।

बार्षिकोत्सबको उपलक्षमा खुल्ला भलिबल प्रतियोगिता राखिएको र छिमेकि ६ वटा स्कुलले भाग लिएको थियो जस्मा केदारेश्वर मा बि दुर्गास्थान प्रथम, दोश्रो धरमघर मा बि सलेना र तृतिय कैलपालेश्वर मा बि ऐँचेकाडा भएका छन ।

भलिबल प्रतियोगिताका उत्कृष्ट खेलाडि केदारेश्वर मा बि दुर्गास्थानका छात्र प्रचण्ड चन्द रहेकाछन । कार्यक्रम मा अभिभावक, बिद्यार्थि , शिक्षक एबँ समाजका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन शिक्षक प्रेमराज भट्ट्ले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.