सुदूरपश्चिममा पहिलो पटक वेदकोट नगरपालिकाले राष्ट्रिय मेलमिलाप दिवस मनायो

महेन्द्रनगर । सुदूरपश्चिममा पहिलो पटक कञ्चनपुरमा रहेको वेदकोट नगरपालिकाले राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रमको आयोजना गरेको छ । पालिकाले सुदूरपश्चिममा पहिलो पटक यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।वेदकोट नगरपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरेर उक्त दिवसलाई भव्य रुपमा मनाएको छ । उक्त कार्यक्रमको सभाध्यक्षमा वेदकोट नगरपालिकाका उपप्रमुख एवम न्यायिक समिति अध्यक्ष तुलसी जोशी रहनु भएको थियो भने, प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा रहनु भएको थियो ।

यसैगरी,उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्ट, वेदकोट नगरपालिकाका प्रवक्ता चित्रदेव भट्ट, कार्यपालिका सदस्यहरु, १० वडाका मेलमिलापकर्ताहरु, पत्रकारहरुको उपश्थिती रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट मेलमिलाप केन्द्रलाई सम्मान पनि गरीएको थियो ।

उत्कृष्ट हुनेमा वेदकोट नगरपालिका ५ मा रहेको मेलमिलाप केन्द्र रहेको छ, उक्त केन्द्रलाई सम्मानपत्र प्रदान गरीएको छ । उक्त केन्द्रले आर्थिक वर्ष ८०÷८१ मा ४२ विवाद दर्ता भएको र ३० विवाद फस्र्याैट गरेको र १२ वटा प्रक्रियामा रहेको छ । ८१÷८२ मा ४४ विवाद दर्ता जसमध्ये ४० फस्र्यौट ४ प्रक्रियामा रहेको छ ।

यसैगरी सबै मेलमिलापककर्ताहरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बोहराले स्थानिय सरकारको न्यायपालिकाका रूपमा न्यायिक समिति रहेको उल्लेख गर्दै विवाद समाधानका लागि मेलमिलापकर्ताहरू इमान्दारीताका साथ लाग्नुपर्ने बताउनुभयो ।

विवादले फाटेका मनहरूलाई मेलमिलापका माध्यबाट सिलाउने प्रयत्न मेलमिलापकर्ताहरूले गर्ने भएकाले यो कार्य उत्कृष्ट र सम्मान जनक रहेको बताउनु भयो । उहाँले स्थानीय तहमा उत्पन्न हुने विवाद वडाबाटै समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना गरिएसंगै सबैको एकअर्का प्रती सदभाव माया प्रेम पनि बढेको बताउनुभयो ।

मेलमिलापकर्ता, स्थानिय, जनप्रतिनिधी, समाजसेवी सबैका विचमा ममेलमिलाप, सदभाव कायम रहे मात्रै समाजमा भाईचार कायम हुने बताउनु भयो । मेलमिलापबाट विवाद समाधान भएमा समय, मानसिक तनाव र आर्थिक समस्याको सजिलै अन्त्य हुने मेलमिलाप तत्कालीन समस्या समाधान मात्र नभएर समाजमा दीर्घकालीन शान्ति सुरक्षा कायम भई असल र सभ्य समाज निर्माण हुने उहाँको भनाई रहेको छ ।

“सफल मेलमिलापकर्ता हुनु ठूलो गौरव हो । मेलमिलापकर्ताले दुबै पक्षलाई जिताउँछ । दुबै पक्षको मन र मस्तिष्कमा हुने भएकोले पक्ष विपक्ष तथा मेलमिलापकर्तालाई भित्रैबाट सन्तुष्टि हुनुले मेलमिलापप्रति सर्वसाधारणको सकारात्मक धारणा रहेको बताउनु भयो ।

उपप्रमुख जोशीले समाजमा शान्ती कायम गर्ने वाहकहरको दिवसलाई भव्यताका साथमा मनाउन आउनु भएका सबैलाई उहाँले हार्दिक बधाई र शुभकामना व्यक्त गर्नु भयो ।

भत्केका सम्बन्धलाई जोडेर नयाँ सम्बन्ध कायम गर्ने सबै मेलमिलाप केन्द्रहरुले उत्कृष्ट कार्य गरेर समाजमा शान्ती अमनचयन कायम गर्ने दौरानमा समाजसेवी रुपमा निशुल्क गरेको कार्य सम्मानजनक रहेको बताउनु भयो ।

जित जितको अवधारणामा विवादको समाधान गर्ने गोपनियताको आधारमा काम गर्ने र सम्बन्धलाई सुधार गर्ने कार्य गरेकामा सबैलाई सम्मान र हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रम संचालन मेलमिलापकर्ता उमापती भट्टले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.