वेदकोट र निड्स नेपालद्वारा संयुक्त रुपमा उद्यमी महिलाहरुलाई सम्मान

महेन्द्रनगर । वेदकोट नगरपालिका र निड्स नेपाल संयुक्त रुपमा उद्यमी महिलाहरुलाई सम्मान गरेको छ । नगर स्तरीय महिला उद्यमीहरुको सम्मेलनबाट उत्कृष्ट रहेका महिलाहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गर्दै ४ जना महिलाहरुलाई नगदसहित सम्मान गरेको छ ।

सम्मानित हुनेमा उद्यमी महिला वेदकोट नगरपालिका ६ की हिरा जैसी अचारबाट, कृषीमा वेदकोट ६ की फुलकुमारी राना पसुपंक्षीमा वेदकोट ४ की सम्झना शाह, र सिलाईकटाईमा वेदकोट ४ की कमला लुहारलाई सम्मान गरीएको छ ।

वेदकोट नगरपालिकाको महिला शाखा, कृषी शाखा, भेटेरीनरी शाखालगायतका महिला समुहहरु र संस्थाले गठन गरेका महिलाहरुको कृषीक्षेत्र, पशुपालन, सिप मुलक हातले बनाएका सामग्रीहरु, को विधामा प्रतिष्पर्धा भएको थियो ।

पसुपंक्षीबाट प्रथम भएकी वेदकोट ४ की सम्झना शाहले आफुले गरेको मिहिनेत र परिश्रमले आज सम्मान पाएको बताउनु भयो । साथै उहाँले भारतमा रहेका श्रिमानलाई पनि बोलाएर कुखुरा माछा पालनमा लगाएर अहिले दुवै जनाले मिलेर काम गरीरहेको बताउनु भयो ।

यसरी काम गर्दा दुवै जनाले आम्दानी पनि गरीरहेको र परिवारलाई चलाउन सहजता भएको बताउनु भयो । यो सम्मानले थप आफुलाई केही थप नयाँ काम गर्ने हौसला मिलेको बताउनु भयो । यसैगरी, अचारबाट प्रथम स्थान पाउन सफल वेदकोट नगरपालिका ६ की हिरा जैसीले पनि सुरुमा १ केजी मासुको अचारबाट आफनो व्यवसाय संचालन गरेको र अहिले दैनिक माग पनि पुराउन नसकेको बताउनु भयो ।

अहिले आफुले सामाजिक संजालबाट आफनो कामको प्रचार गरेर अनलाईन माध्यमबाट व्यवसाय संचालन गरेको बताउनु भयो । यो वर्ष भित्रै आफनो व्यसायलाई बढाएर थप कामदार राखे केहीलाई रोजागरी दिने उदेश्यका साथमा काम गरीरहेको बताउनु भयो ।

सम्मान पाउने महिलाहरुले यस्ता कार्यक्रमले आफूहरूलाई हौसला मिलेको भन्दै भविष्यमा व्यवसाय विस्तार गर्न थप प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका छन्। नगरपालिकाले आगामी दिनमा महिला उद्यमीहरूलाई लक्षित गर्दै थप तालिम, सहजीकरण तथा उद्यम प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित

Comments are closed.