महेन्द्रनगर । अमिटी कलेजले महाकाली मोडन पब्लिक स्कुलका विद्यार्थीहरुलाई सम्मान गरेको छ । अमिटी च्याम्पियन सप्ताह २.०’ को अवसरमा महाकाली मोनका विद्यार्थीहरु आफना पूर्व विद्यार्थीहरु र राष्टिय खेलाडीहरुलाई सम्मान गरेको हो ।
महाकाली मोडन पब्लिक स्कुलका राष्टिय तेक्वान्दो खेलाडीहरु मनोज पार्की, भुमिका पाल, र ललिता धामीलाई सम्मान गरीएको थियो । उनिहरुलाई खादा माला,मायाको चिनोले सम्मान गरीएको थियो ।
यसैगरी १९ वर्षमुनीका राष्टिय खेलाडी, तथा एसियन क्वालिफायरका खेलाडी र सुदूरपश्चिम रोयल्सका खेलाडी मिलन बोहरा, अमिटी कलेजका पूर्व विद्यार्थी, तथा क्रिकेटका राष्टिय खेलाडी आक्रोश पाल,अमिटि कलेजका पूर्व विद्यार्थी टिटि खेलका राष्टिय खेलाडी आयुश विक्रम जैरु, अमिटी कलेजका पूर्व विद्यार्थी ब्याटमिन्टनका राष्टिय खेलाडी निलिमा महरालाई पनि सम्मान गरीएको थियो ।
सम्मानीत हुने विद्यार्थीहरुले आफुहरुलाई थप हौसला उर्जा मिलेको बताएका छन् । साथै उनिहरुले अमिटि कलेजको गरेको यो सम्मान प्रती कलेजलाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
महाकाली मोडन पब्लिक स्कुलका राष्टिय तेक्वान्दो खेलाडी मनोज पार्कीले आफुले गरेको मिहिनेत, परिश्रमले आज आएर सार्थक्ता पाएको बताउनु भयो ।
उहाँले आफनो स्कुलका परिवार र कलेजलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै आगामी दिनमा पनि आफनो खेललाई अँझै राम्रो तवरले खेल्ने हौसला मिलेको बताउनु भयो ।
Comments are closed.