महेन्द्रनगर । शुक्लाफाँटा आरक्ष पिडित जिल्ला संघर्ष समितिले ५ वटा माग राखेर ज्ञापनपत्र बुझाएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालयमा आफना मागहरु राखेर ज्ञापनपत्र बुझाएको हो । जिल्लामा आएका नयाँ प्रमुख जिल्ला अधिकारी मदन कोइरालालाई भेटर उनिहरुले आफनो मागहरु अगाडी सारेका छन् ।
उनिहरुले उक्त ज्ञापनपत्रमा आरक्ष पिडितलाइ दश कट्ट नघटाई जमिनको व्यवस्था गरिनु पर्ने, २४ वर्ष सम्मको क्षतिपुर्तिको व्यवस्था गरिनु पर्ने माग गरेका छन् ।
यसैगरी, आधारभुत कुराको नि शुल्क र ग्यारेन्टी गरिनुपर्ने । आरक्ष पिडितको एउटै वडा घोषणा गरिनुपर्ने, र आरक्ष पिडितलाई द्वन्द पिडित घोषणा गरिनुपर्ने माग गरेका छन् ।
उनिहरुले केही महिना पहिले २ दिन जिल्ला प्रशासन अगाढी पनि धर्ना दिएका थिए, अहिले उनिहरु जडिबुटी कम्पनीले भाँडामा लिएको जग्गामा बसेको प ि३१ दिन भइसकेको अध्यक्ष जयबहादुर रोकायाले बताउनु भयो ।
उक्त क्षेत्रमा बसेको एक महिना हुँदा पनि कसैले आएर समस्या बुझने प्रयाश नगरेको कसैले पनि पिडा नबुझेको दुखेसो पोख्नु भयो ।
आरक्षका कारण २ हजार ४ सय ७३ परिवारको बिचल्ली भएको छ । २०५८ सालदेखि पीडित भएको र सरकार धेरै परिवर्तन भएपनि आफुहरुको माग कसैले पूरा नगरेको उहाँको भनाई थियो।
Comments are closed.