महेन्द्रनगर । उद्योग वाणिज्य संघ कञ्चनपुरको १८ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनबाट कोषाध्यक्षमा सिद्धराज भट्ट विजयी हुनु भएको छ ।
यसैगरी सदस्यमा विजयी हुनेमा जगदिश चन्द्र भट्ट, सरिता भण्डारी , निरज गुप्ता, हेमराज भट्ट, कृष्ण राना, पारस जोशी र भोजराज अवस्थी रहेका छन् ।
कोषाध्यक्ष पदका लागी दुईजना शिद्धराज भट्ट र प्रदिप पाल विच चुनाव भएको थियो । भट्टले ७ सय १५ मत पाउँदा पालले ५ सय १५ मत पाएका थिए ।
यसैगर, विजयी सदस्यहरु जगदिश चन्द्र भट्टले ८ सय ८३, निरज गुप्ताले ७ सय २८, पारस जोशी ६ सय ६५ मत पाएर विजयी भएका छन् ।
यसैगरी, भोजराज अवश्थी ६ सय ५४, सरिता भण्डारी ८ सय ६३, र हेमराज भट्टले ६ सय ८३ मत पाएर विजयी भएका हुन् ।
अन्य पदमा अध्यक्षमा दिनेश मल्ल, वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश सावद, उद्योग उपाध्यक्षमा तज बहादुर चन्द, वाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट, सचिव नरेन्द्र प्रशाद जोशी, र संस्थागत प्रतिनिधी सदस्य गजेन्द्र विक्रम थापा निर्विरोध निर्वाचित भएका थिए ।
Comments are closed.