सेती प्रादेशिक अस्पतालमा डायलाइसिस बिरामीको चाप, नयाँ बिरामीलाई सेवा दिन नसकिने

महेन्द्रनगर । सेती प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको चाप बढ्दै जाँदा डायलाइसिस सेवामा समस्या देखिएको छ ।

बिरामीको संख्या अत्यधिक भएपछि इमर्जेन्सी अवस्थाबाहेक नयाँ बिरामीलाई नियमित डायलाइसिस सेवा दिन कठिन भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालमा हाल २१ वटा डायलाइसिस शय्या छन्।

ती शय्यामार्फत दुई सयभन्दा बढी नियमित बिरामीलाई निरन्तर डायलाइसिस सेवा प्रदान गरिँदै आएको छ।

बिरामीको चाप क्षमताभन्दा बढी भएपछि अब आपतकालीन अवस्थाबाहेक नयाँ नियमित बिरामीलाई डायलाइसिस सेवा उपलब्ध गराउन नसकिने अवस्था आएको श्रेष्ठले जानकारी दिए।

सम्बन्धित

Comments are closed.