कञ्चनपुरमा गैसस महासंघ कञ्चनपुरको आयोजनामा बहुपक्षिय संवाद कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा बहुपक्षिय संवाद कार्यक्रम सम्पन्न भएको छ । गैरसरकारी संस्था महासङ कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्षमा गैसस महासङ कञ्चनपुर का लक्ष्मी बोहरा प्रमुख अतिथिमा गैसस महासङ केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई, विशिष्ट अतिथीमा गैसस महासङ केन्द्रीय महासचिब देबी खडका,

केन्द्रीय उप महासचिब भबराज रेग्मी, किरण थापा सुप इन्चार्ज प्रेम महर, पार्टीका प्रतिनिधि हरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा प्रमुख हरु उधोग बाणिज्य संघ, निर्माण ब्यवसायी संघ होटल ब्यबसायी संघलगायतको उपस्थिति रहेको थियो ।

सहभागिहरुले संस्थामा देखिएका बिभिन्न समस्याहरु दर्ता गर्दाको झन्झटिलो प्रक्रिया, नवीकरणका बिषयहरु, समस्यामा हाल्ने ऐन नियमहरु आम जनमानसहरु को संस्था प्रति को धारणहरुका विषयमा भनाइ राखेका थिए । यसैगरी उक्त कार्यक्रममा पूर्व अध्यक्ष हरुलाइ सम्मान पनि गरिएको थियो

सम्मानित हुनेमा संस्थापक अध्यक्ष लिलाध्वज बस्नेत, नितु भट्ट, नरेश सिलाल, भव राज रेग्मी, कृष्ण देउपा, धर्म कुँवर,र सुरेन्द्र विष्ट, रहेका छन् ।

यसैगरी पत्रकार महासङ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको उपचारका लागी जिल्लामा रहेका बिभिन्न संघ सन्स्थाहरुले गरेको सहयोग रकम ७५ हजार ९ सय ५ रुपैयाँ सहयोग महासंघका उपाध्यक्ष धर्मा रोकायलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष अर्जुन भट्टराईले देशैभरका गैसस महासंघ एक भएर काम गर्नुपर्ने र विगतदेखी देशमा आएका अममुल परिवर्तनमा नागरिक समाज एक भएर लागेको र अहिले पनि देशको संविधानमा आएको चुनौती र जेनज् आन्दोलन भन्दा अगाढी र अहिलेको पविेशमा पनि संगसंगै रहेर कार्य गर्ने समस्यालाई सम्बोधन गर्ने कार्य हुनुपर्ने बताउनु भयो ।

सबै नागरिक अभियन्ता रहेको बताउँदै भएका कमीकमजोरलिाई सुधारदै लैजाने, सबैको मौलिक हकअधिकारको रक्षा गर्ने हामी सबैको जिम्मेवारी रहेको बताउनु भयो । यसैगरी, गैससले सधै शान्ती सुशानमा काम गरेको बताउँदे विगतदेखी देशमा आएका अमुल परिवर्तमा पनि अहम भुमिकामा रहेको बताउनु भयो ।

सबै नागरीक समाज सबै राजनितिज्ञ सबै मानव अधिकार खराव छ भन्न नमिल्ने भन्दै सबैले देशको हितमा रहेर जिम्मेवारी वहन गरेको बताउनु भयो । विशिष्ट अतिथी केन्द्रीय उप महासचिब भबराज रेग्मीले संस्था दर्ता गर्दा जिल्ला पिच्छै फरक नियम रहेको मनोमानी भ्याट करले गर्दा समस्या भोगिरहेको बताउनु भयो ।

पालिकामा पनि सुचिकृत गर्न रकम लिने अनुमती दिदैन भन्ने लगायतको विषयहरुले पनि काम गर्न समस्या भएको बताउनु भयो । साथै सामाजिक संस्थालाई स्थानिय सरकारले साझेदारी गर्न मन नलगाउने सहयोग नगर्ने अवस्थाहरु रहेको बताउनु भयो ।

गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराले जिल्लामा रहेका संघसंस्थाले समुदायमा सकारात्मक परिवर्तन गर्न, महिलाको क्षेत्रमा लागुऔषधको क्षेत्रमा पनि सक्रियता पूर्वक काम गरीरहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.