गैर सरकारी संस्था महासंघ कञ्चनपुरको अध्यक्षमा तिरुवा चयन

महेन्द्रनगर । गैर सरकारी संस्था महासंघ कञ्चनपुरको अध्यक्षमा अमिर तिरुवा चयन हुनु भएको छ । महासंघको २४ औं साधारण सभा तथा १२ औं जिल्ला अधिवेशनबाट तिरुवाको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । अध्यक्ष तिरुवा यस अघि समितिमा उपाध्यक्ष पदमा रहेका थिए ।

यसैगरी, उपाध्यक्षमा अञ्जु जोशी भट्ट सचिवमा शारदा जोशी,सहसचिव अम्बादत्त जोशी,कोषाध्यक्ष नारु सिह चयन हुनु भएको छ । सदस्यहरुमा सिता बोहरा, जानकी जोशी, दुर्गा बडुवाल, शिला रैका, ईश्वर उपाध्याय चयन भएका छन् । यसैगरी, नैन सिह पाल, बिनोद बिक्रम जैरु, माया नेगी, लक्ष्मी चन्द चयन भएका छन ।

भने प्रदेशको अधिबेशनमा शिवी लुहारलाई पठाउने निर्णय समेत गरिएको छ । गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षतामा गैसस महासंघ नेपालका केन्द्रिय अध्यक्ष अर्जुन भटराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैसस महासंघका महासचिव देवी खडका,उपमहासचिव भवराज रेग्मी,किरण थापा,सुप ईन्चार्ज प्रेम महरको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा पुर्व अध्यक्षहरु लिलाध्वज बस्नेत,कृष्ण सिह देउपा,नितु भट्ट भवराज रेग्मी लाई सम्मान समेत गरको छ । अधिबेशनले गैर सरकारी संस्था महासंघको जिल्ला समिति लाई सर्वसम्मत रुपमा जिल्ला समिति गठन गरिएको हो ।

आजै बिहान भएको कार्यक्रममा स्थानिय योजना कानुन निर्माण,प्रकृयामा सहभािगता तथा सलग्नता वकालत र दिगो बिकासमा नागरिक समाजको भुमिका बिषयक बहुपक्षिय संवाद कार्यक्रम समेत गरिएको थियो ।

कार्यकममा नागरिक समाजका अगुवा तथा सरकारी गैससका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो उक्त कार्यक्रममा गैसस महासंघका उपमहासचिव भवराज रेग्मीले अभिमुखिकरण गरेका थिए ।

सम्बन्धित

Comments are closed.