जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालको अध्यक्षमा विष्ट दोहोरिए

महेन्द्रनगर । जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालको अध्यक्षमा दिपेन्द्र बहादुर विष्ट दोहोरिनु भएको छ । कञ्चनपुर जिल्ला खेलकुद समितीको रहोवरमा विष्टको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरीएको छ । विहिवार एक कार्यक्रमको आयोजना गर्दै उक्त समितिको गठन गरीएको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा डा. लक्ष्मण बस्नेत, उपाध्यक्षमा किशोर खाती,, संजय अधिकारी, सरस्वती कुमारी दाहाल, सचिवमा प्रकाश सुनार, उपसचिवमा मुकुन्द सिंह केसी, उत्तरा कुमारी साउँद, कोषाध्यक्षमा देवकी भट्ट चयन भएका छन् । यसैगरी सदस्यमा सुरेन्द्रराज जोशी, दिपकबहादुर चन्द, बिमल बहादुर चन्द, चन्द्र सिंह केसी चयन भएका छन् । यसैगरी डिडि अवश्थी, सुरेश चन्द, हर्कबहादुर सिंह र पुष्पक तोके थापा चयन भएका छन् ।

उक्त कार्यक्रमको सभाध्यक्षमा दिपेन्द्र बहादुर विष्ट रहनु भएको थियो भने, प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा रहनु भएको थियो । यसैगरी विशिष्ट अतिथीमा जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंह रहनु भएको थियो ।

उक्त कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद समितीका कार्यालय प्रमुख गोपाल दत्त भट्टलगायतको उपश्थिती रहेको थियो । कार्यक्रमलाइृ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम जिल्ला समन्वय समिति प्रमुख बोहराले नयाँ चयन हुनुभएका सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

बोहराले कराँते जस्तो अनुशासित खेलले युवालाई सकारात्मक बाटोमा डो¥याउने विश्वास व्यक्त गर्दै नयाँ नेतृत्वले संघलाई अझ सशक्त बनाउने अपेक्षा गर्नुभयो । “कराँते खेलले अनुशासन, आत्मविश्वास र आत्मरक्षाको भावना विकास गर्छ,” प्रमुख बोहराले भन्नु भयो, “दिपेन्द्र बहादुर विष्टज्यूको नेतृत्वमा जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो पहिचान बनाउनेछ भन्ने विश्वास लिएको छु ।”

उहाँले खेलकुद क्षेत्रको विकासमा स्थानीय तहदेखि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विगत २० वर्षदेखी अनवरत रपमा यो खेललाई अगाढी बढाउनु हुने हंसी अभिषेक सिंहलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । आफनै लगानीमा भारतमा भएका विभिन्न अन्तरराष्ट्रिय स्तरका प्रतियोगितामा पनि ईतिहास रचेर प्रथम भएको प्रतीसबैले गर्व गर्नुपर्ने बताउनु भयो ।

यसैगरी, हंषी अभिषेक सिंहले आफुहरुले विगतदेखी अन्तराष्टिय स्तरमा भएका विभन्नि खेलहरुमा ईतिहास रचेको भएपनि स्थानिय सरकार, प्रदेश सरकार कसैले पनि वास्ता नगरेको सहयोग पनि नगरेको दुखेसो पोख्नु भयो ।

आफुले एक्लै आफनै लगानीमा खेलाडीहरुको साथ र सहयोगले भारतमा मात्रै नभएर अन्य राष्टमा भएका खेलमा ईतिहास रचेको बताउनु भयो । साथै आगामी दिनमा पनि यसरी नै अझे बढी शसक्त बनाएर यो संघलाई अगाडी बढाउने योजना रहेको बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष विष्टले कराँते खेलको प्रवद्र्धन, खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउने लक्ष्यसहित काम गर्ने बताउनु भयो ।

साथै स्थानिय सरकार पालिकाहरुमा बढी समन्वय सहकार्य गरेर यो समितिलाई अझै बढी सक्रिय बनाएर काम गर्ने योजना रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.