महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा जंगली जनावरको त्रास बढदै गईरहेको छ चितुवा, बाघ, बदेल, गैँडा, नीलगाई, चितल, बाँदरलगायत जंगली जनावरको आतंकसमेत बढँदै आएको छ । विषेश गरेर हात्तीले गर्दा स्थानियहरुलाई आफनो ज्यान र अन्नपात जोगाउन समस्या भएको छ ।
आफनो ज्यान जोगाउन र अन्नपात जोगाउनलाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो दुई सातादेखि बेलडाँडी गाउँपालिका–५ का विभिन्न बस्तीमा हात्ती पस्दै कच्ची घर भत्काउने र भित्र भण्डारण गरेर राखिएको अन्नबाली खाएर नोक्सानी पु¥याउन थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् ।
स्थानीयका अनुसार हिजो राति करिब ३ बजेतिर गाउँ पसेको हात्तीले एक घर भत्काउँदै सम्पूर्ण सामग्री तहसनहस बनाएको छ । समयमै नियन्त्रण नगरे मानवीय क्षति हुने खतरा बढ्दै गएको भन्दै स्थानीयले निकुञ्ज र सरकारको ध्यानाकर्षण गराएका छन् । कलावती शाह लगायतका ४ जना सथानियको घर भत्काइदिएको छ ।
स्थानीयका अनुसार जंगलबाट आउने हात्तीले खेतबारीको बालीभन्दा पनि घरभित्र भण्डारण गरेर राखिएको अन्न खाने उद्देश्यले घर भत्काउने गरेको छ । यसले गरिब तथा मजदुर वर्ग झनै समस्यामा परेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीले हात्ती देखिएलगत्तै नजिकको निकुञ्ज पोष्टमा खबर गर्न आग्रह गर्न आग्रह गर्नुभएकोछ । “हात्ती नियन्त्रण गर्न सकिने अवस्था छैन, आयो भने जंगलतर्फ लखेट्ने मात्रै उपाय हो ।
त्यसका लागि पोष्टहरूसँग समन्वय आवश्यक छ ।”चौधरीका अनुसार हात्ती भगाउन दाउरा उपलब्ध गराउने र बस्ती आसपास आगो बालेर राख्दा केही हदसम्म हात्ती डराएर अल्झिन सक्ने उपाय अपनाउन सकिन्छ ।
गएराती हात्तीले भत्काएका घरको अवस्था हेर्दा ठूलो मानवीय क्षति हुनबाट जोगिएको देखिन्छ । घर भत्काउँदै ओढ्ने–विछ्याउने सबै सामग्री बाहिर फ्याँकेपछि स्थानीय ज्यान जोगाउन सफल भएका छन् ।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले हात्ती नियन्त्रणका लागि निकुञ्जसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो। “दिनप्रतिदिन हात्तीको आतंक बढ्दै गएको छ, सबैलाई सतर्कता अपनाउन आग्रह गर्छु,” उहाँले भन्नुभयो।
निकुञ्जको नियमअनुसार हात्तीलाई भगाउने बाहेक अन्य विकल्प नरहेकाले समस्या समाधानका लागि सरकार र निकुञ्ज कार्यालयसमक्ष कुरा पु¥याइरहेको उहाँको भनाइ छ ।
हात्ती भगाउन स्थानीयहरू रातभर जाग्राम बसेर अनेक उपाय अपनाउँदा पनि हात्ती बस्ती पस्ने क्रम रोकिएको छैन।स्थानीयवासीले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन समाधान, सुरक्षित बस्ती र क्षतिपूर्ति व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन्।
Comments are closed.