महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने गरेको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले मंगलवार लागुपदार्थ सेवन गर्ने ४ जना सवारी चालकलाई कारवाही गरेको छ । वेदकोट नगरपालिको कार्यालय नजिक सवारी चालकहरुले लागुपदार्थ सेवन गरेर सवारी हाँकेको त छैन भनेर चेकजाँच गरीएको थियो ।

२४ जना चालकको मादक पदार्थ र लागु औषध खाए नखाएको परिक्षण गर्दा ४ जनाले लागुऔषध प्रयोग गरेको र २० जनाले केही पनि प्रयोग नगरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख बलेन्द्र नाथले जानकारी दिनु भयो ।

चालकहरुले सवारी साधन गुडाउँदा ध्यान दिए नदिएको मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको छ की भनेर चेकजाँच गर्दा ४ जनाले सेवन गरेर सवारी चलाएको पाइएको उहाँले बताउनु भयो । दुर्घटनालाई कम गर्न र सचेतना जगाउनका लागि यो चेकजाँच गरेको बताउनु भयो ।
पछिल्लो समय सवारी चालकहरुले लागु पदार्थ सेवन गर्ने सवारीसाधन चलाउने गर्नाले दुर्घटना बढने यात्रुहरुलाई जोखिम हुने हुँदा यो चेकजाँचले पनि उनिहरुलाई सचेत गराउने सुरक्षित सवारीसाधन चलाउने बानीको विकास गराउने उदेश्यले लागु पदार्थ सेवनक चेकजाँच गरीएको बताउनु भयो ।
अहिले पनि एकजनाले लागु औषध प्रयोग गरेर सवारी साधन संचालन गरेको पाइएको र अहिले उक्त चालकलाई प्रहरी कार्यालयमा बुझाइएैको बताउनु भयो । यसैगरी सुपप्र ०२००१ ज ५१३ नम्वरका चालक करन कुँवरले यसरी चेकजाँच गरीनु अति आवस्यक रहेको बताउनु भयो ।
चालकहरुले अहिले मादप पदार्थ कम खाने तर लागु पदार्थ खाएर सवारी साधनहरु चलाउने गरेको बताउनु भयो । यस्तो चेकजाँचले सचेत बनाउन मद्धत पुग्ने र आफु पनि सुध्रिने मौका मिल्ने बताउनु भयो ।
Comments are closed.