क्वारेन्टाइनमा रहेकाहरुकालागि युवाहरुद्धारा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग
समाजसेवी युवा कुवरको पहलमा स्वास्थ्य सुरक्षा सामाग्रीप्रदान
क्वारेन्टाइनमा रहेकाहरुकालागि युवाहरुद्धारा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग
ओमप्रकाश पाण्डेय
महेन्द्रनगर, १२ असार
अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि प्रभावित भएको छ । कोरोना महामारीका कारण खासगरी भारतबाट स्वदेश फर्किएका नेपालीहरुलाई सम्बन्धित पालिकाहरुले आआफ्ना पालिकामा निर्माण गरेका क्वारेन्टाइनमा राखेका छन् । क्वारेन्टाइन रहदा स्वास्थ्य सुरक्षा सामाग्रीको अभाव भइ रहेका खबरहरु पनि बेलाबेलामा आइ रहेका छन् । तर यसै समयमाक्वारेन्टाइका रहेकाहरुकालागिभन्दै कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर १४ घर भई हालकामको सिलसिलमाबाहिर रहेकायुवाहरुले क्वारेन्टाइनमा रहेकाहरुकालागि स्वास्थय सुरक्षा सामाग्री सहयोग गरेका छन् । भीमदत्त नगरपालिकाको वडा नम्बर १४ का वडाअध्यक्ष उत्तमबहादुर बिष्ट तथाअन्य वडाका प्रतिनिधीहरुलाई शुक्रवार करीब २६ हजार रुपैया बराबरको स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रदान गरिएको भीमदत्त नगरपालिकाको वडा नम्बर १४ का समाजसेवीयुवा सागर कुवरले जानकारी दिनु भयो ।
उहाका अनुसार क्वारेन्टाइनमा रहेकाहरुकालागि भन्दै मास्क, ह्याण्ड ग्लोब्स, सेनिटाइजर, चप्पल, डस्टविन लगायतका सामाग्रीहरु सहयोग गरिएको छ । भीमदत्तनगरपालिका वडा नम्बर १४ घर भई हाल युएइमा रहेका भरत कठायत, वडा नम्बर १४ मै घ भई हाल कुबेतमा रहेकामहेन्द्र खाती, माल्दिब्समा रहेकाराम बिष्ट, हाल काठमाण्डौमा रहेका रोशन कुवर, हाल भारतमा रहेका प्रकाश विक, हाल मलेसियामा रहेका पदम बिष्ट, हाल युएईमा रहेका सन्तोष कुवर, हाल भारतमा रहेका डम्मर ओली, हाल कपिलवस्तुमा रहेका केशव पाण्डेयको आर्थिक सहयोग तथा समाज सेवी युवा सागर कुवरको विशेष समन्वयमा स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरिएको हो । यसरी वडा नम्बर १४ मा घर भई हालविभिन्न ठाउमा बस्ने युवाहरुले संकलन गरेको रकमबाट स्वास्थय सुरक्षा सामाग्रीहरु खरीद गरी बचेको रकम वडा नम्बर १४ कै एकल महिला मुना खातीलाई प्रदान गरिएको छ । शुक्रवार वडा कार्यालयमा गई वडा नम्बर १४ कायुवाहरु सागर कुवर र नवराज नेगीले उक्त सामाग्रीहरु हस्तान्तरण गरेका छन् । ती सहयोग सामाग्रीहरु बुझ्दै वडा नम्बर १४ का वडाअध्यक्ष बिष्टले युवाहरुले यस्तो कोरोनामहामारीका बेला वडाका युवाहरुले आफ्नो वडालाई सम्झिएको भन्दै खुसीव्यक्तगर्नु भयो । साथै उहाले युवाहरुको यो कार्य साच्चिै प्रशंसा गर्न लायक रहेको बताउनु भयो । त्यसैगरी एकलमहिलाखातीले युवाहरुको यो कामबाट आफुलाई ठुलो सहयोग पुगेको भन्दै खुसीव्यक्तगर्नु भयो । यसकालागि पहल गर्ने युवा सागर कुवर तथा सम्पुर्ण युवाहरुलाई उहाले धन्यवाद समेत दिनु भयो ।
Comments are closed.