भीमदत्त १ भाँसीमा रहेको सिर्जना टोलका महिलाहरुले माघी पर्वलाई हर्षाेल्लासको साथमा मनाए

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १ भाँसीमा रहेको सिर्जना टोलका महिलाहरुले माघी पर्वलाई हर्षाेल्लासको साथमा मनाएका छन् । माघ १ गते उनिहरुले आफनो गाँउमा रहेका आफना आफन्तको घरघरमा गएर माघी मनाएका छन् ।

विशेषगरी पुसको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघीपर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ बस्तीमा यो पर्व सुरु भएको मानिन्छ । महिलाहरुले आफनो परम्परागत पहिरनहरु लगाएर मौलिक गित गाएर उनिहरुले माघी मनाएका हुन् ।

पछिल्लो समय थारुहरुले लगाउने पहिरनहरु लोप हुँदै गएको प्रती उनिहरुले चिन्ता व्यक्त गरेका छन् । विषेश गरेर अहिले माघी, दशैमा र कसैले मात्रै विवाहमा उक्त पहिरन लगाउने गरेको थारु समाजका अगुवाहरुको भनाई रहेको छ ।

अहिले एकदमै वृद्धवृद्धा भएकाहरुले मात्रै उक्त पहिरन लगाउने गरेको पाईन्छ भने, युवायुवतीहरुले पर्वमा मात्रै उक्त पहिरन लगाउने गरेको भीमदत्त नगरपालिका १ भाँसीमा रहेको सिर्जना टोलकी सम्झना दहितले बताउनु भयो । लेहेङगा चोली बनाउनेहरुको पनि कमी भएको र विषेश गरेर अहिले पर्वहरुमा मात्रै लगाउने गरीएको बताउनु भयो ।

अहिलेका नयाँ पुस्ताहरुले पनि पर्वमा मात्रै लगाउने गरेको आफनो रहनसहन संस्कृतीहरुलाई पनि भुल्दै गएको प्रती उहाँले चिन्ता व्यक्त गर्नुभयो । फोटो खिच्न, सामाजिक संजालमा हाल्नका लागी मात्रै पहिरन लगाउने नत्र घरमै थन्काएर राख्ने गरेको उहाँले बताउनु भयो ।

समाजसेवी, वुद्धिजिवी लिलाध्वज बस्नेतले यसरी आफन्त सम्झेर माघी माग्न आएको प्रती महिला टोलीलाई धन्यवाद व्यक्त गर्नु भयो । विषेश गरेर थारु समुदायले आफनो आफन्तकोेमा माघी माग्ने गित गाएर रमाईलो गर्ने गरेको भएपनि परिवारको सम्बन्ध मानेर आफनो घरमा पनि माघी माग्न आएको प्रती उच्च सम्मान रहेको बताउनु भयो ।

एउटै समाजमा बस्ने हामी सबैले भाइबन्धु मित्रतालाई कायम राख्नु पर्ने बताउँदै उहाँले पनि पछिल्लो समयमा पहिरन हराउँदै गएको प्रती दुख व्यक्त गर्नु भयो । यो पहिरन हेर्नका लागी माघ कुर्नुपर्ने अवस्था रहेको बताउनु भयो । यो पहिरनलाई माघी र अन्य केही पर्वले मात्रै संरक्षण गरेको नत्र यो पहिरनको प्रयोग निकै कम भएको उहाँले बताउनु भयो । ’

माघेसङक्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाई गर्ने र नुहाउने बेला नदीमा डुबुल्की लगाएर सिक्का पैसा छाड्ने गरिन्छ। नुहाइसकेपछि धमार गाउँदै घरमा आएपछि घरका महिलाले छुट्यादिएको चामल र मासको दाललाई छुने र ती छोएका चिज घरका छोरीबेटीलाई छुट्याउने प्रचलन छ ।

त्यसपछि घरमा भएका पूर्खा तथा आफूभन्दा ठूलाबडाबाट आर्शीवाद लिने परम्परा रहिआएको छ । तेस्रो दिन अर्थात् माघ २ गते चामल र मासको दालको खिचडी खाने, नजिकैका बजारमा जाने परम्परा पनि रहेको छ ।

 

सम्बन्धित

Comments are closed.