महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १ का महिलाहरुले मलापोते बनाउने तालिमबाट आत्म निर्भर तर्फ उन्मुख भईरहेका छन् । पौष १३ गतेदेखी सुरु भएको मालापोते बनाउने तालिमबाट उनिहरुले २ हप्तामा राम्रो सिप सिकेको पाइएको छ । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकको अथक प्रयास र समन्वयमा विपन्न, गरिव, दलित महिलाहरुलाई उद्यमशील बनाउनका लागि यो १ महिने माला पोते बनाउने तालिमको आयोजना गरीएको थियो ।

सिप विकास व्यावसायिक सिप विकास तालिम केन्द्र कञ्चनपुरको आयोजना, भीमदत्त नगरपालिका १ र योगदान राष्ट्रका लागीको समन्वय र सहकार्यमा उक्त तालिमको आयोजना गरीएको हो ।
२ हप्तामा उनिहरुले माला, पोते, कानमा लगाउने, हातमा लगाउने विभिन्न सामग्रहिरुको निर्माण गरेका छन् । योगदान राष्ट्रका लागीका पालिका अध्यक्ष ज्योत्सना विष्टले अहिले २ हप्तामा महिला दिदिबहिनीहरुले विभिन्न किसिमका सामग्रीहरु निर्माण गरेको बताउनु भयो ।
सुरुमा दिदिबहिनीहरुले तालिमले मागेको अनुसारको काम गर्न सकिन्न की भनेर दुखी भएपनि अहिले सामग्रीहरु आफैले तयार पारेपछि उहाँहरु खुसी भएर सिप सिकिरहेको बताउनु भयो ।
आत्मनिर्भर बन्नका लागि तालिममा सिकेका सिप महत्वपूर्ण हुने भएकाले यो तलिमको आयोजना गरेको उहाँले बताउनु भयो ।
यसैगरी, सहभागी एकता कुवँरले यो २ हप्तामा आफुहरुले धेरै किसिमका सामानहरु ब्नाउन सिकेको र यहाँ सिकेका सिपलाइ आफनो व्यवहारमा लागु गरी व्यवसाय गर्ने योजना रहेको बताउनु भयो ।
Comments are closed.