महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाटामा माघ मिलन तथा लावा वर्ष २६४९ को शुभकामना आदान प्रदान तथा माघ उत्सव कार्यक्रम सम्पन्न भएको छ । आदिवासी ज्ञानको संरक्षण पुस्तान्तरणमा आदिवासीहरुको भुमिका सहित उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।
भीमदत्त नगरपालिका र वडा नम्वर १९को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाती महासंघ भीमदत्त नगर समन्वय परिषद, कञ्चनपुरको आयोजना रहेको उक्त कार्यक्रमको सभाध्यक्षमा परिषदका अध्यक्ष्ँ लक्ष्मी चौधरी रहनु भएको थियो भने, कार्यक्रमका प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय बेलबहादुर राना रहनु भएको थियो ।
यसैगरी विशिष्ट अतिथीमा जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी राना, भीमदत्त नगरपालिका १९ का अध्यक्ष जग्गुराम डगौरा थारु, आदिवासी जनजाती महासंघ कञ्चनपुर अध्यक्ष विकास श्रेष्ठ, कार्यपालिका सदस्य हरीहर परियार, प्राध्यापक मोहन प्रशाद आचार्यलगायतको उपश्थिती रहेको थियो ।
कार्यक्रममा विभिन्न बरघरबाट आफनो मौलिक परम्परागत साँस्कृतिक कार्यक्रमको पनि प्रदर्शनी गरीएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतथी सुदूरपश्चि सभा सदस्इ माननिय रानाले आपसी सद्भाव, सामाजिक एकता र मौलिक संस्कृतिको संरक्षणमा यस्तो कार्यक्रमहरुले जोड दिने बताउनु भयो ।
उहाँले माघ पर्वले आपसी मेलमिलाप, भाइचारा र सामाजिक समन्वयलाई मजबुत बनाउने उल्लेख गर्दै लावा वर्ष २६४९ ले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्नुभयो ।
उहाँले हाम्रो समुदायको आफनै रहनसहन कला संस्कृती रहेको बताउँदै पछिल्लो समयमा यो कला संस्कृती लोप हुँदै गएको र यसको संरक्षणमा हामी सबैले लाग्नुपर्ने बताउनु भयो ।
परम्परागत संस्कार, भाषा र संस्कृतिलाई भावी पुस्तासम्म जोगाएर लैजान यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
आदिवासी जनजाती महासंघका अध्यक्ष श्रेष्ठले माघ उत्सवका अवसरमा परम्परागत खानपान, सांस्कृतिक झाँकी, नृत्य तथा गीत प्रस्तुत गरीनु यो परम्परागत ऐतिहासिक कार्य रहेको बताउनु भयो ।
हाम्रा पुस्ताहरुले विगतदेखी गर्दै आएको यो एतिहासिक कार्यमा वडा पालिकाले पनि सहयोग गरेको र आदिवासी समुदायको संस्कृती सम्पदालाई संरक्षण गर्नका लागी स्थानिय सरकारले दिएको साथलाई उच्च सम्मान रहेको बताउनु भयो ।
भीमदत्त नगरपालिका १९ का अध्यक्ष डगौराले देशको आमलु परिवर्तन गर्नमा आदिवासी समुदायको अहम भुमिका रहेको बताउँदै सबैले आफनो कला संस्कृती, रहनसहनको संरक्षणमा लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका सभाध्यक्ष चौधरीले पनि पछिल्लो समय स्थानिय सरकारले यो आदिवासी जनजातीहरुको पहिचान संस्कृतीलाई जेगर्ना गर्ने काममा गरेको सहयोग सम्मानित रहेको बताउनु भयो ।
Comments are closed.