महेन्द्रनगर । कञ्चनपुरमा रहेको निड्स नेपालले आफनो सामाजिक परिक्षण कार्यक्रम २०२५ सम्पन्न गरेको छ । आइतवार जिल्ला समन्वय समितिको हलमा आयोजना गरीएको उक्त कार्यक्रमको सभाध्यक्षमा संस्थाका उपाध्यक्ष तारा थापा धामी रहनु भएको थियो भने, प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, विशिष्ट अतिथीमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी, जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी राना रहनु भएको थियो ।

यसैगरी उक्त कार्यक्रममा गैसस महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवा, विभिन्न गैर सरकारी संस्थाका पदाधिकारीहरु, पत्रकारहरुको उपश्थिती रहेको थियो । कार्यक्रमलायृ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराले संस्थाले जिल्लामा र अन्य क्षेत्रमा गरेको काम प्रती कुनै पनि प्रश्न जिज्ञासा नआउनु राम्रो भएको बताउनु भयो ।
उहाँले आगामी दिनमा पनि लक्षित वर्ग, आवस्यक्तामा रहेकाहरुलाइ लक्षित गरेर कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । यसैगरी वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले आफनो पालिकामा पनि संस्थाले काम गरीरहेको र केही वडा बाहेक अन्य वडामा पनि कार्यक्रम लागु गर्न आग्रह गर्नुभयो ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले संस्था २०५५ सालमा स्थापना भएको र मर्यादित आप्रवासन तथा उत्थानशिल जिवीको पार्जन, जलवायु तथा विपद् उत्थानशिल कार्य, जलवायु तथा विपद् उत्थानशिल कार्यलगायतको क्षेत्रमा काम गरीरहेको बताउनु भयो ।
यसैगरी, आन्तरिक र भारतमुखि श्रम आप्रवासन, मानव वेचविखन रोकथाम, मर्यादित रोजगारीः अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा, सिप विकास, उद्यमशिलता तथा स्वरोजगारमा पनि संस्थाले काम गरीरहेको बताउनु भयो । जैविक विविधता संरक्षण तथा जलाधार क्षेत्र व्यवस्थापन, जलवायु अनुकुलन, विपद् जोखिम न्यूनिकरण, मानवीय सहयतामा पनि संस्थालको काम गरेको बताउनु भयो ।
यसैगर िसंस्थाले भूमी आवास, वास, खाद्य सुरक्षा, स्वाथ्य शिक्षा अधिकारमा काम गरीरहेको र स.सथाको दुरदृष्टिः “सामाजिक न्याय र समृद्धि सहितको उत्थानशील समाज रहेको उहाँले बताउनु भयो ।
साथै कार्यकारी निर्देशक रेग्मीले संस्थाको ध्येय लक्षित समुदायहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, र नागरीक अधिकारको उपभोग तथा कर्तव्य पालनाको लागी सहजीकरण गरी सवल बातावरण तयार गर्ने रहेको बताउनु भयो ।
यसैगरी, संस्थाको लक्ष्य सामाजिक न्याय तथा अधिकार, मर्यादित आप्रवासन तथा रोजगारी र जलवायु तथा विपद उत्थानशिल कार्यक्रम प्रवद्र्धन मार्फत सिमान्तकृत र जोखिममा परेका लक्षित समुहहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, नागरिक र राजनीतिक अधिकार उपभोग तथा कर्तव्यहरु पालना गर्न सक्षम भएका हुनेछन रहेको बताउनु भयो ।
यसैगरी अहिले सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बाजुरा र बझाङमा कार्यक्रमहरु गरीरहेको यसैगरी, कोशीमा पाँचथर, झापा, सुनसरी, लुम्बीनी, र मधेश प्रदेशमा रौतहट, र सर्लाहीमा पनि काम गरीरहेको बताउनु भयो । अहिले संस्थाले ६ सय ४१ वटा समुह संग मिलेर काम गरीरहेको छ ।
प्रत्यक्ष लाभान्वीत तथा सेवा प्रवाहमा ६९.२० प्रतिशत महिला, ३२.४३ प्रतिशत पुरुष रहेको छन् । यसैगरी समावेशी तर्फ दलित १८.८६, जनजाती ५४.१६, र अन्यमा २६.९८ प्रतिशत रहेका छन् ।
यसैगरी संस्थाको कुल आयव्यय २२ करोड ३८ लाख ७३ हजार ७ सय ६ रुपैँया रहेको आन्तरिक स्रोत १७ लाख ७३ हजार १ सय ४० रुपैँया रहेको छ । यसैगरी बाह्य स्रोत २१ करोड २१ लख ५ सय ६६ रहेको छ ।
Comments are closed.